‘स्वतन्त्र विद्यार्थी युनियन’ को महत्व र भुमिका

-अनिस अधिकारी

विद्यार्थीको हकहितको रक्षाका लागि , आम विद्यार्थीहरुको  मागको सम्बोधनका लागि क्याम्पसमा प्रशासनलाई घचघचाउने , विद्यार्थीको बिपक्षमा क्याम्पस प्रशासनले गरेको गलत निर्णयलाई सप्रमाण विद्यार्थी  माझ पुर्‍याउने , त्यो सच्याउन बरम्बार दबाब दिने , क्याम्पसको भौतिक तथा शैक्षिक बिकासका लागि क्याम्पस प्रशासनसङ सहकार्य गर्ने , विद्यार्थी र क्याम्पस प्रशासनबिच सेतुको भुमिका निर्वाह गर्ने आम विद्यार्थीको  प्रतिनिधिमुलक संस्था हो स्वतन्त्र विद्यार्थी  युनियन ( स्ववियु ) ।प्रत्येक २/२ बर्षमा हुनु पर्ने स्ववियु निर्वाचन लामो समयदेखि हुन सकेको छैन । यदि तोकिएकै मितिमा हुन्थ्यो भने आज स्ववियुको महत्व र भुमिका सम्बन्धमा विद्यार्थीलाइ प्रकाश पार्न जरुरी हुन्नथ्यो तर बिडम्बना धेरै जसो क्याम्पस १० बर्षदेखि स्ववियु निर्वाचन हुन सकेको छैन ।

स्ववियुको महत्व र भुमिकाका सम्बन्धमा कुरा गर्नु पर्दा विद्यार्थी  आन्दोलनलाई छोड्न सकिन्न किनभने लामो समयको विद्यार्थी  आन्दोलनको ऐतिहासिक उप्लब्धी हो स्ववियु निर्वाचन । विद्यार्थी  आन्दोलनको ऐतिहासिक पृष्ठभुमिको कुरा गर्नु पर्दा राणाकामसम्म नै पुग्नु पर्ने हुन्छ , राणाकालमा एउटै पेशामा आबद्ध भएका ब्यक्तीहरु मिलेर सङ  र युनियन बनाउनु सजिलो कुरा थिएन तर प्राध्यापक र विद्यार्थीले भने यस्तो अवसर राणाकालमा नै पाएका थिए । राणा शासनको अन्त्यका लागि प्रजापरिषदको अगुवाइमा भएको आन्दोलनको नेतृत्व विद्यार्थीहरुले  नै गरेका थिए । जहानिय राणा विरुद्ध सङ्गघर्शको शंखनाद गर्ने श्रदय सहिद गङालाल विद्यार्थी  नै थिए ।

बि.स. २०१७ पुस १ गते सुरु भएको पन्चायती ब्यबस्थाले राजनैतिक दलहरुलाइ प्रतिबन्ध  लगाउदै कसैलाइ पनि राजनैतिक कार्यमा सहभागी हुन दिदैनथ्यो । त्यो अवस्थामा राजनैतिक दल आफ्नो खुल्ला कार्यक्रम विद्यार्थीको माध्यमबाट जनता माझ लैजाने गर्दथे । पन्चायती ब्य्बस्थामा समग्र बिद्यार्थीले पन्चायतको बिरोध गरे र स्वतन्त्र विद्यार्थी   संगठनको नारा घन्काउन थाले। समग्रमा विद्यार्थीहरु पन्चायती ब्यबस्थाको विरुद्धमा उत्रन लागेका थिए। बि.स. २०२० सालमा विश्वबिद्यालयले अनाधिकृत रुपमा विद्यार्थी  निस्कासन गरेको बिषयमा विद्यार्थीहरुले आन्दोलन गरे जुन आन्दोलनले विद्यार्थीको निस्कासन मात्र रद्द गरेन प्रत्येक शिक्षण संस्थामा स्वतन्त्र विद्यार्थी संगठन  स्थापना गर्न पाउने नारालाइ राष्ट्रिय मन्चमा स्थापित गरायो । त्यस्तै २०३६ मा पाकिस्तानी रास्ट्रपति जुल्फिकर अलि भुटोलाई फाँसी दिइएको विरुद्धमा पाकिस्तानी विद्यार्थीहरुले आन्दोलन चर्काए , सो आन्दोलनको समर्थन गर्दै नेपाली विद्यार्थीले गरेको  आन्दोलनबाट पन्चायत सरकारले नै स्ववियु निर्वाचनको ब्यबस्था गर्यो । यसरी स्ववियुको जन्म भयो स्ववियु अस्तित्वमा आयो।

वास्तवमा नेपालको बामप्रजातान्त्रिक आन्दोलनको श्रीगणेश गर्न ,यसलाई रास्ट्रब्यापी बनाउन र सफलताको मन्जिल सम्म पुराउन विद्यार्थी समुदाएको भुमिका महत्वपूर्ण भुमिका छ । स्ववियु राजनैतिक दल होइन शैक्षिक एबम सामाजिक संगठन हो। यसको निर्वाचनका बहुआयामिक फाइदा छन् तसर्थ स्ववियु निर्वाचन हुनुपर्छ । विद्यार्थी  बिच बौद्धिक र सास्कृतिक सम्बन्ध स्थापना गर्ने , मासिक र पाक्षिक  बैठकको आयोजना गर्ने ,बौद्धिक  छलफल  गर्ने तथा सहयोगको आदनप्रदान गर्न स्ववियुको भुमिका महत्वपूर्ण छ । निरंकुशता बिरोधी बगैंचामा हुर्किएको विद्यार्थी आन्दोलन  र बिद्यार्थी आन्दोलनकै बलमा ल्याइएको स्ववियुकै तपोबलमा आज गणतन्त्रको सुनौलो बिहानी छ , मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ , विद्यार्थी  आन्दोलन राष्ट्रियताको पहरेदार बनेको छ। स्ववियु निर्वाचनबाट नयाँ पुस्ताको राजनैतिक संस्कारको आधार समेत तय हुने हुनाले यो अन्त्य महत्वपूर्ण छ। स्ववियु निर्वाचन नया आधुनिक  युवा विद्यार्थी  पुस्ताले प्रयोग गर्ने महत्वपूर्ण लोकतान्त्रिक अभ्यासको उच्च रुप हो। यसले युवा विद्यार्थीमा उच्च राजनैतिक बिचार प्रवाह गर्दछ। आम युवा बिद्यार्थि जसले मुलुकको राजनैतिक परिवर्तन , राजनैतिक ब्यबस्था बुझ्न जरुरी छ , त्यसलाई बुझाउन पनि स्ववियु निर्वाचन आवश्यक छ। आफ्ना अभिभावक मुलुकको निर्वाचनमा होमिरहदा विद्यार्थीलाई पनि आफ्नो प्रतिनिधि चयन गर्ने अभिलाषा हुन्छ , त्यसलाई मुर्तरुप दिने गतिलो माध्यम हो स्ववियु निर्वाचन ।

तसर्थ हामीले स्ववियु निर्वाचनलाई मुलुकको राजनैतिक अवस्था , राजनैतिक चेतना र राजनैतिक संस्कार भन्दा टाढा राखेर हेर्न सक्दैनौं । स्ववियु उमेदवार आम विद्यार्थीमा सहि राजनैतिक बिचार प्रवाह गर्न योग्य छ वा छैन त्यो पछिको विषय हो तर स्ववियु निर्वाचनको माहोल बन्नु अहिलेको मुख्य आवश्यकता हो , प्राथमिकताको बिषय हो। तसर्थ बिद्यालय हुँदै विश्वबिद्यालय प्रवेश गरेका विद्यार्थीका लागि क्याम्पस विद्यार्थी  जीवनको अन्तिम खुड्किला हो र स्ववियु क्याम्पसको एउटा महत्वपुर्ण अङ हो भन्ने मान्ने हो भने स्ववियु निर्वाचन हुनुपर्छ।

मुलुकले जटिल राजनैतिक ब्यबस्था झेलिरहदा राजनैतिक दलहरुलाइ निकासका लागि झकझकाउने नेता स्ववियु भित्र भए साच्चै नै क्याम्पसले निकास र विद्यार्थीले बिकास पाउनेछ्न । स्ववियु निर्वाचनको चर्चा सुरु हुँदै गर्दा विद्यार्थी  संगठनहरु आपसी प्रतिस्पर्धा र वैचारिक द्वन्दको अध्यायमा प्रवेश गर्दै गर्दा राष्ट्रिय राजनितीलाई निकासतर्फ प्रेरित गर्ने उत्प्रेरक बन्छन तसर्थ स्ववियु आवश्यक छ। स्ववियु निर्वाचनले एउटा कुशल राजनितीज्ञ जन्माउन सक्छ । विद्यार्थी  आन्दोलनबाट आएका नेता आज हरेक पार्टीको निर्णायक तहमा छन् । हिजो विद्यार्थी  आन्दोलनबाट आएका रबिन्द्र अधिकारी , योगेश भट्टराई , लेखनाथ न्यौपाने , शेरबहादुर देउवा , रामचन्द्र पौडेल जस्ता नेता आज निर्णायक तहमा छन्  यसबाट पनि स्ववियुको महत्व स्पष्ट हुन्छ । स्ववियुका निर्णय , आम विद्यार्थी  संगठनका माग हेर्दा  शैक्षिक मुद्दामा केन्द्रीकृत भएपनि अन्तरबस्तु भने देशको राजनैतिक अवस्थामा मुल रुपमा केन्द्रित रहेको पाइन्छ। तसर्थ समग्र देशको राजनैतिक आधारका लागि पनि स्ववियु आवश्यक छ ।  विद्यार्थी  जीवनमा नै राजनैतिक नेतृत्व गर्न पाउने हुनाले स्ववियुलाई मिनि सांसद पनि भनिन्छ। स्ववियु निर्वाचनले बौद्धिक तथा क्षमतावान नेता जन्माउने हुनाले यो राजनैतिक नेतृत्वको ब्यान्ड पनि हो । स्ववियु निर्वाचनले आम विद्यार्थीको राजनैतिक भबिस्य पनि निर्धारण गर्दछ। तसर्थ स्ववियु निर्वाचन  आवश्यक छ।

जुन क्याम्पसबाट स्ववियु निर्वाचनको बिघुल घन्कियो त्यही क्याम्पसमा १० बर्षदेखि स्ववियु निर्वाचन हुन नसक्नु लज्जाको बिषय हो।  २०३६ सालको विद्यार्थी आन्दोलनकै उपलब्धी हो स्ववियु  , पन्चायतको निर्दलिय ब्यबस्थामा समेत स्ववियु निर्वाचन भयो तर विद्यार्थीकै अगुवाइमा ल्याइएको गणतान्त्रिक लोकतन्त्रमा १० बर्ष सम्म स्ववियु निर्वाचन नहुनाले विद्यार्थी आन्दोलनमा सहादत प्राप्त गरेका सहिदले गिज्याइरहेका छन्।कुनै समयमा राजनैतिक दलको मुद्दा जनतामाझ लैजाने ठूलो तागत बनेको विद्यार्थी संगठनले नै स्ववियु निर्वाचनको बातावरण बनाउन सकेका छन् न त तिनका माउ पाटी नै यसको चुनावको लागि लालयित छन् । लामो समय स्ववियु निर्वाचन नहुनाले के स्ववियु औचित्य साच्चै नै सकिएको हो भन्ने प्रश्न स्वभाविक बनेर आएको छ । स्ववियु नहुदा के नै फरक पर्छ र भन्ने तर्क पनि आइरहेको छ। आज आम विद्यार्थीमा बिद्यार्थी संगठनप्रती किन बितृष्णा र उदासिनता ? यदि शैक्षिक बिकृती र बिसङती विद्यार्थी संगठनका मुद्दा बन्थे भने ५ ओटा स्ववियु निर्वाचन भैसकेको हुन्थ्यो । विद्यार्थी आन्दोलनको गन्तव्य र वर्तमान के हो? , विद्यार्थी संगठनका भुमिका के? भन्ने सन्दर्भमा विद्यार्थी संगठन नै रनभुल्लमा छन् । स्ववियु निर्वाचन नहुनाले विद्यार्थी संगठनसङ न  वर्तमानको कुनै  खाका छ न त भविष्यको रुपरेखा नै । विद्यार्थी संगठनले रचनात्मक काम पनि गर्न सक्छन भन्ने म्यासेज अब विद्यार्थीमा जानू पर्छ।स्ववियु निर्वाचनका लागि विद्यार्थी संगठनले आफ्नो मातृ पार्टीलाई खबरदारी गराउनु पर्छ । विद्यार्थी आन्दोलनको गुम्दै गएको साख फर्काउन पनि स्ववियु निर्वाचन आवश्यक थियो छ र हुनेछ।

अब किताब कपि र कक्षा कोठासङ सम्बन्ध राख्ने स्ववियु चाहिएको छ विद्यार्थीलाई । यदि अब पनि लामो समय स्ववियु निर्वाचन नहुने र संगठनका पदाधिकारी स्ववियु पदाधिकारी नभइ नछाड्ने हो भने कतै बाबू र छोरा सङै स्ववियु पदाधिकारीको निर्वाचन लड्ने त होइनन् भन्ने प्रश्न पनि आइरहेको छ साथै निर्वाचन नहुनाले विद्यार्थीको राजनैतिक भबिष्य पनि अन्योलमा परेको छ। आफुलाइ  लोकतन्त्रको पहरेदार ठान्ने नेबिसङ होस् वा हामी बिच एकता भएकाले हाम्रो बिजय सुनिश्चित छ भन्ने अखिल दुबै स्ववियु निर्वाचनको मध्यमार्गमा उभिनु पर्छ । उमेर हद , निर्वाचन प्रणाली जस्ता मुद्दाले किचलो बनेको स्ववियु निर्वाचन गराउन सबै विद्यार्थी संगठन , विश्वबिद्यालय , क्याम्पस मध्यमार्गमा उभिन जरुरी छ , स्ववियु निर्वाचन हुनुपर्छ । अब आशा गरौ कमलको फुल हिलोमा फुलेको हुन्छ , जरा हिलोमै हुन्छ तर कमल भने हिलो भन्दा माथी हुन्छ , हिलोले छुनै नसक्ने गरि फुलेको हुन्छ । अहिले हाम्रो शैक्षिक क्षेत्र पनि फोहोर छ तर ढिलोचाडो एउटा कल्पनाशिल , क्याम्पस र विद्यार्थीप्रती प्रतिबद्ध पारदर्शी र सदाचारयुक्त स्ववियु बन्नेछ किनकी यो मरुस्थल हैन उर्वर्भुमी हो ।

अब स्ववियु निर्वाचन गर्दै विद्यार्थी आन्दोलनको गुमेको साख फर्काएर पुनः पुष्टि गर्ने अवसर विद्यार्थी संगठनसङ छ । अब यस्को सदुपयोग गर्ने वा फेरि पनि परिणामको डर्ले यो वा त्यो बहाना बनाएर स्ववियु निर्वाचनबाट भाग्ने मर्जी विद्यार्थी संगठनलाई नै । अघिल्लो विद्यार्थी पुस्ताले यो देशको राजनीतिका कारण जे भोग्नु पर्यो मेरो पुस्ताले त्यो भोग्न नपरोस् , सुसन्स्कृत राजनिती , समतामुलक समृद्धिको अनुभूत

गर्न सक्ने स्ववियुको निर्वाचन होस् शुभकामना।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *