चैत भित्र स्ववियु चुनाव गराऔं’: शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभाको सोमबारको बैठकमा चैत महिनाभित्रै स्ववियु चुनाव गर्ने प्रस्ताव गरेका छन् ।

‘फागुनभित्र हामीले ढिलो चाँडो चुनाव गरिसक्नुपर्ने आवश्यकता हो, र प्राथमिकता हो । चैतभित्र स्ववियु चुनाव गराइसकौं, सहमति गरौं यसमा’ उनले भने ‘चैतपछि वैशाखमा शैक्षिक सत्रलाई प्रभावित गर्ने गरी नजाऔं, प्रणालीगत रुपमा यसलाई पनि हल गर्न जरुरी छ ।

शिक्षामन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले स्ववियु चुनावको विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सरोकारवालासँग छलफल गरिसकेको बताए । ‘प्रधानमन्त्रीले पहल लिइसक्नुभएको छ, प्रतिपक्षी पनि सकारात्मक हुँदै यो समयभित्र नै स्ववियु चुनाव गराऔं’ शिक्षामन्त्री पोखरेलले भने ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *