नेइए निर्वाचन : यसकारण मेरो समर्थन पिनलाइ

शिव कुँवर

नेपाल इन्जिनियर्स एशोसियसन(नेइए)को ३२ औं कार्यकारिणी समितिको निर्वाचन यही मंसिर २८ गते हुदैछ।नेइएलाइ इन्जिनियरहरुको स्वतन्त्र संगठन भनिन्छ।तर पार्टी निकट भएर निर्वाचनमा सहभागी जनाइन्छ।त्यसोत,नेकपा निकट प्रगतिशील समुह र काङ्ग्रेस निकट लोकतान्त्रिक समुह चुनावी मैदानमा होमिएका छन।देशको संघीय संरचना अनुसार हुन लागेको यो निर्वाचन पहिलेको भन्दा केहि महत्त्वपूर्ण मानिएको छ।

नेइएको ३१ औं कार्यकारिणी समितिको निर्वाचन सफल भइसक्दा लोकतान्त्रिक इन्जिनियरिङ समुहले २९ पटक सम्म जित हासिल गरिसकेको छ।आज पनि हजारौं इन्जिनियरहरु यस संगठन भित्र आवद्ध हुन सकिरहेका छैनन।शुल्क वृद्धि संगै आज पनि लाखौ खर्चेर बिद्यार्थीहरु इन्जिनियरिङ पढ्न बाध्य छन।सरकारले उनिहरुलाइ रोजगारको व्यावस्था गर्न सकिरहेको अवस्था छैन।तर पनि अघिल्ला नेइएका पदाधिकारीहरु यो बिसयमा अनबिज्ञ जस्तो भइ गुप्त रहे।

देशको दिगो बिकासका लागी इन्जिनियरहरुको भुमिका महत्त्वपूर्ण हुन्छ।इन्जिनियरहरुले नै भबिस्यको कल्पनासहित विकासलाई आम्दानी संग जोड्न पहल गर्न सक्छन्।इन्जिनियर लगायत प्राबिधिक शिक्षा र कामसंग जोडिएका हरेक मुद्दाहरु स्थापित गर्दै नागरिकले चाहेअनुसारको विकासको ढाचा कोर्न सक्छन्।इन्जिनियरहरुको सबैभन्दा ठुलो छाता संगठन नेइएले यस्ता कुराहरु समेट्न त परै जाओस्,एउटा सक्षम इन्जिनियरलाई संगठित गर्न सकिरहेको अवस्था विगतमा रहेन।आज पनि महिनैपिच्छे दक्ष इन्जिनियरहरु विदेशिन बाध्य छन्।इन्जिनियरहरुको हितमा कामहरु हुन सकिरहेका छैनन्।

देशलाई समृद्व बनाउन नेइएले सरकारसँग सल्लाह र सहकार्य गर्दै सुझाव राख्नु जरुरी छ।विगतमा सरकार परिवर्तन संगै नेइएमा पनि भुइचालो गएको देखियो।आफ्नो निकटको पार्टीसंग सल्लाह र सहकार्यको दिशामा केहि हातहरु लम्किए पनि विपक्षीसंग कम देखियो।यसले गर्दा नेइए माथीनै प्रश्न चिन्ह खडा हुन्छ।

प्राबिधिक शिक्षालाई हामिले प्रत्यक्ष रुपमा विकास संग जोड्न सकिरहेका छैनौ।यसले गर्दा हाम्रो शिक्षा पैसा कमाउन दिइने एउटा शास्त्र जस्तै भइरहेको छ।समयसापेक्ष बैज्ञानिक शिक्षालाई जोड दिन सकिरहेको अवस्था छैन।भावी योजनाको बिसयमा चर्चा र बहसहरु भए पनि कार्यान्वयनको पाटोमा नेइए चुकेको देखिन्छ।जव चुनाव नजिकिन्छ तव नेइएमा ठुलो पैसाको चलखेल संगै इन्जिनियरहरुलाइ सपना देखाउदै आफ्नो पक्षमा तान्न खोजिन्छ।त्यसले गर्दा राम्रो सोच भएका इन्जिनियरहरु समेट्न गाह्रो पर्न जान्छ।संगठित केहि इन्जिनियररु पनि रुष्ट भइ बाहिरिनु स्वभाविक हुन्छ।
प्रगतिशील समुहका प्रतिबद्धताहरु:

एक समय लोकतान्त्रिक समुहको नेतृत्वमा केहि महत्त्वपूर्ण विषयमा निर्णयहरु भएतापनी ति निर्णयहरुले निरन्तरता पाउन सकेनन।त्यसपछि बिगत लामो समयदेखिको उसको अभ्यास तुहिन पुगेको अवस्था छ।उसले बिगतका एजेन्डाहरु पुरा गर्न चुक्यो।यसमा नयाँ एजेन्डाहरु थप्दै अगाडि बढेको छ।यसले गर्दा इन्जिनियरहरुमा”काग कराए बाख्रा डराए”को स्थिति सिर्जना भएको छ।नेइए स्थापनाको ६० बर्ष पुगिसक्दा पनि पर्याप्त इन्जिनियरहरुलाइ यसमा संगठित गर्न नेइए चुक्नु दुखलाग्दो कुरा हो।

इन्जिनियरहरुको समस्या समाधानको बिसयमा कहिकतै नेइए देखिदैन।अनि हामी इन्जिनियरहरुलाइ किन चाहियो नेइए?राम्रो काम गर्दा गर्दै एउटा इन्जिनियर जन-प्रतिनिधिबाट हातपात गरिदा कहाँ थियो नेइए?हजारौं बेरोजगार इन्जिनियरको बिसयमा किन बोल्दैन नेइए?प्राइभेट कम्पनिहरुले ७/८ हजारमा काम कजाउदा नेइएका इन्जिनियरहरु के हेरेर बसिरहेका छन?हामिलाइ वेतुकको चर्चा र बहस चाहिदैन।उहाँहरु भन्नु हुन्छआज पनि हामी संगठित गर्न सकिरहेका छैनौ।हे बाबा संगठित हुन्छन चाही कसरी?तपाईहरु कुनै ठाउको हाकिम हुनुभयो संगठित हुनुभयो।तर के हामी जस्ता इन्जिनियरहरुको बिसयमा हजुरहरुलाइ सोच्ने फुर्सद छ?त्यसैले चाहे प्रगतिशील समुह होस् चाहे लोकतान्त्रिक समुह यस्ता कुराहरु उठानको माग गर्छु जसले सबै किसिमका इन्जिनियरलाई समेट्दै मागहरुको सम्बोधन गर्न सकोस्।

लोकतान्त्रिक समुहको बिगतले अहिले नेइएमा प्रगतिशील समुह(पिन)को सम्भावना निकै बढेको छ।जितपछी अनेकन समस्याहरु संग जुध्न पिनलाइ केहि सहज हुनेछ।नेकपाको सरकारले पिनलाइ खुलेर साथ दिनेछ।यसले पिनलाइ आफ्ना र बिद्यार्थीका मुद्दाहरुलाइ स्थापित गर्न सहज हुनेछ।पिनले अघि सारेका ३२ वटा एजेन्डाहरु साच्चिकै इन्जिनियर लगायत सर्वसाधारण नागरिक सम्म सबैको हितमा छ।नेपालको संविधान २०७२ मा उल्लेख भएको सामाजिक सम्बन्धि निति र प्राकृतिक साधन श्रोतको संरक्षण,संवर्धन र उपयोग सम्बन्धि नितिमा प्रत्यक्ष रुपमा सहभागिता रहनेछ।यदि पिनले उक्त चुनाव जितेमा र नेकपाको समर्थनमा यि एजेन्डाहरु कार्यान्वयन गर्न सकेमा यसले एउटा इतिहास रच्नेछ।र सबै इन्जिनियरलाई नेइएमा संगठित भइ बिकास निर्माण र देशको समृद्धिका लागी हातेमालो गर्न प्रोत्साहन गर्नेछ।

लेखक कुँवर अनेरास्ववियु एक्मि इन्जिनियरिङ कलेजका अध्यक्ष हुन्

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *