शान्तिपूर्ण विश्वको कल्पना

शिव कुँवर

हाम्रो सुन्दर घर पृथ्वी हो । सुन्दर पृथ्वीका हामी सुन्दर सामाजिक प्राणी हौं ।हामिले बिश्व शान्तिका लागी महत्त्वपूर्ण भुमिका खेल्नैपर्दछ ।सबै धर्मले समान उपदेश दिन्छन ।धर्मग्रन्थहरु बेद,बाइबल,त्रिपिटक,कुरान इत्यादि सबैको एउटै आशय हो ।भगवत गितामा पनि एक परात्मा सम्म पुग्नको लागी अनेक बाटाहरु अथवा धर्महरु बनेका छन भनेर उल्लेख गरिएको छ ।

कुनैपनी जातजाति,धर्म,बर्ग,लिङ्ग आदिलाइ सहि या गलत भन्ने तर्कहरु गर्न थाल्यो भने यसले निकट भविस्यमा नराम्रो असर पुर्याउन सक्दछ । धर्महरु सबै ठिक छन तर कुनै बाटोमा हिडिरहेको ब्यक्तिलाइ उसको इच्छा बिपरित अर्को बाटो हिड्न बाध्य पार्नु बिल्कुलै गलत हुनेछ ।यसमा धर्मको कुनै दोस हुनेछैन यो त त्यसभित्र संचालित संगठन र संगठित स्वार्थीपुर्ण सोच भएका ब्यक्ती दोसि हुनेछन।

केहि दिन अघि मात्र विवादास्पद मानिएको इसाई धर्म प्रचारक संस्था(युनिभर्सल पिस फेडरेसन)ले आयोजना गरेको एसिया प्यासिफिक समिटको कार्यक्रम सफल समापन भएको छ। उक्त कार्यक्रममा सरकारको प्रत्यक्ष संलनता रहेको र कृश्चियन हरुको कार्यक्रम भएको हुनाले मानिसहरु सामाजीक संजालमा धेरै किसिमका तर्कहरु राखिरहेका छन। धर्म प्रचारक संस्था हुँदा यस्ता किसिमका टिप्पणीहरु आउनु सहि छ । तर कुनै कुरा नबुझी अध्ययन-अनुसन्धान बिनान सुनेको र २/४ वटा समाचारको हेडलाईन पढेको आधारमा टिप्पणी गर्नु पनि सहि नहोला ।धार्मिक कार्यक्रम हरुमा सबैको उपस्थिति रहनु स्वभाविक छ। बिदेशीहरुले आयोजना गरेको,पुराना नेपाली संस्कार मेटाउन भुमिका खेल्ने,आफ्ना ठिक अरु सबै बेठिक भन्ने उखानरु सुनाउन आयोजना गरेको देशको अहितमा रहेको कुनैपनी कार्यक्रम जनताहरुलाइ स्वीकार्य हुने छैन।

युनिफिकेसन चर्चको प्रमुख हाक जा हान मुन र युनिफिकेसन चर्चका संस्थापक उनका श्रीमान रेभरेण्ड सन म्योङ मुन प्रतीको अहिले फरक किसिमका टिप्पणीहरु आइरहेका छन ।आफुलाइ शान्ती प्रेमी बिश्व नागरिक भन्न रुचाउने मुन साच्चिकै धर्म प्रचारक नै थिए त ? उनका केहि कामहरु प्रती म पनि असन्तुष्ट छु । कृश्चियन हो भन्दैमा सहि मान्छेलाइ पनि गलत ठान्नु हामिभित्रको घमण्ड मात्र हुनेछ । के बौद्धिष्ट मान्छे हैन ? कृश्चियन मान्छे हैन ? के उसको प्राण नै हुदैन र ? हिन्दु भएपछि गिता मात्र पढ्नु पर्छ अरु पढ्नु हुदैन भन्ने कुन चाही धर्ममा लेखेको छ र ? म बाइबल राम्रो संग अध्यन गरेको छु।त्यो भित्रका अर्को धर्मप्रति गरेका गलत टिप्पणीहरु मेरो मनमा कहिलै नमेटिने गरि बसेको छ । तर मलाइ थाहा छ त्यो डलरबादी सोच भएका केहि मान्छेहरु जो आफ्नो बाहेक अरु कसैको ठिक मान्दैनन्,त्यस्ताले तयार पारेका हुन।म हिन्दु भएतापनी उनिहरु संग बसेर घन्टौ बहस गर्न सक्छु।मेरो मनमा सबै धर्महरु प्रती उच्च सम्मान छ।

मैले यो लेख सन म्योङ मुनलाइ केन्द्रित गरि तयार पारेको छु।उनि कम्युनिस्ट बिरोधी थिए । एक साम्यवाद बिरोधि र उत्तर कोरियामा लामो समय जेलजिवन ब्यतित गरेका थिए।आफ्नो जिवनकालमा चार पटक सम्म जेल परेका थिए । पहिलो श्रीमति संग डिभोर्स भइसकेपछी सन १९६० मा आफुभन्दा २३ बर्षिया कान्छी हाक जा मुन संग दोश्रो वैवाहिक सम्बन्धमा बाधिएका थिए । कोरियामा पहिलोपटक व्लेसिङ समारोह हुँदा ३६ जोडी सहभागी थिए । ति मध्ये १२ जोडी पुर्व बिबाहित थिए । कृश्चियन धर्म प्रचारक संस्थाको संस्थापक अध्यक्ष लगायत उनि विविध कारणले सधै विवादमा तानिनु स्वभाविक छ। उनको प्रकाशन शान्ती प्रेमी बिश्व नागरिक र अहिले सामाजिक संजालमा देखिएका टिप्पणी केहि मिलेता पनि धेरै कुरामा दुबै पक्षमाथी प्रश्न चिन्ह खडा हुन्छ।

बिश्व नागरिकमा सन म्योङ मुन लेख्छन:शान्तिमय विश्व ल्याउन मैले असाध्यै काम नलाग्ने र तिरस्कृत ठाउँहरुमा पुगेर प्रत्यक्ष अनुभव गरेको छु। मैले अफ़्रिकि आमाहरुलाइ भेटेको छु जो आफ्ना बालबच्चा भोकको कारण आफ्नै अघिल्तिर मृत्युको मुखमा पुगेको टुलुटुलु हेर्न विवश छन,र मैले दक्षिण अमेरिकी बाबुहरुलाइ भेटेको छु जो माछाले भरिएका नदि किनारमा बस्छन तर माछा मारेर परिवार पाल्न सक्ने अवस्थामा छैनन्।

सर्वप्रथम,मैले आफुसंग रहेको खाधान्न बाँडे,यसको बदलामा उनिहरुले मलाई असाध्यै प्रेम दर्शाए। स्नेहको शक्तिबाट ओतप्रोत भएको मैले रुखबिरुवा रोपे र बनको स्याहार गरें । भोकाएका बालबालिकालाई खुवाउन हामिले माछा मार्यौं र यि रुखहरुलाइ बिद्यालय बनाउन प्रयोग गर्यौ ।रातभर माछा मार्दा मलाई जताततै लामखुट्टेले टोक्दा पनि म खुसी नै थिए।किनभने मेरा छिमेकिहरुका अनुहारबाट नैराश्यका छायां हराएको म हेर्न चाहन्थे ।

मैले प्रेम बाहेक अरु कुरा केहि चाहेको छैन । दरिद्रमा बाचेका मेरो छिमेकीसंगप्रेम साटासाट गर्ने प्रयत्नमा मैले आफ्नो समग्र जिवन व्यतित गरेको छु । कहिलेकाही,प्रेमको मार्ग यति धेरै कठिन हुन्थ्यो कि मैले घुँडा टेकेको अनुभव गर्थे तर त्यस्तो अवस्था भए पनि मानवतालाइ प्रेम गर्न समर्पित हुँदा मैले मेरो हृदयमा खुसी महसुस गरे ।

आजको विश्वमा नटुंगिने खालका साना ठुला द्वन्द्व र मुठभेदको सिलसिला कायमै छ।लाखौ मानिस खानाको अभाव,भोकमरीबाट पिल्सिएका छन।तर खर्बौ डलर हातहतियार खरिदमा खर्छ भइरहेको छ।बन्दुक र बममा खर्छ हुने पैसा मात्र पनि हरेकलाइ भोकबाट मुक्त गर्न पर्याप्त हुनसक्छ

हरेक किसिमका द्वन्द्वबाट शान्तिपूर्ण विश्वको कल्पना गर्नु सपना मात्र हुनेछ।शान्ती हाम्रो श्वासमा,प्राकृतिक वातावरणमा र हाम्रै वरिपरिका मानिसबाट प्राप्त हुन्छ। मैले जङ्गललाई प्रेम गर्नुको कारण संसारको शान्ति त्यही भएकोले हो।जंगली जनावरहरु एकअर्का विरुद्ध लडाइँ गर्दैनन् तर उनिहरु एकअर्कालाई खान्छन वा खाइन्छन यो भोकको कारणले हो ।जङ्गलका सबै जिवहरु एकअर्कालाई घृणा गर्दैनन्।मानव नै यस्ता छन जो उहि प्रकारका सदस्यहरु प्रति ध्देष राख्छन। मानिसले मुलुक भिन्न भएकाले,धर्म फरक भएकाले अथवा सोच्ने तरिका भिन्न भएकाले घृणा गर्दछन।

आजको विश्वमा नटुंगिने खालका साना ठुला द्वन्द्व र मुठभेदको सिलसिला कायमै छ।लाखौ मानिस खानाको अभाव,भोकमरीबाट पिल्सिएका छन।तर खर्बौ डलर हातहतियार खरिदमा खर्छ भइरहेको छ।बन्दुक र बममा खर्छ हुने पैसा मात्र पनि हरेकलाइ भोकबाट मुक्त गर्न पर्याप्त हुनसक्छ।
मानिसहरू अहिले जाती,धर्म र आफु जन्मेको स्थानका विषयमा बिभाजित भइरहेका छन।त्यस्ता किसिमका मानिसहरु एकअर्काका दुश्मन हुन्छन र एकअर्काप्रती कहिलै आफ्ना हृदय खोल्दैनन।मानव इतिहासमा अत्यन्त नृशंस र घृणित युद्धहरु देशदेशबिच नभई जातजाति,धर्मबिच भएका युद्धहरु भएको पाउदंछौ।यि प्रकारका युद्धहरुले लाखौं निर्दोष जनताहरु र बालबालिका दोसाँधमा बस्न विवश बनायो । जातिय समुहहरु र द्वन्द्वकै कारण गम्भीर परिणाम देखा परेको हो ।

जव जातीय विषयमा वा राजनीतिक विषयमा नै किन नहोस् धर्मलाइ प्रयोग गरिन्छ तव समस्यारु जटिल हुन्छन् । तर धेरै राजनीतिक नेतारुले आफ्नो निहित स्वार्थ पुरा गर्न धर्मलाई प्रयोग गरिरहेका छन । त्यसैले अझैपनी धार्मिक युद्धहरुले निरंतरता पाइरहेका छन।राजनीतिक शक्तिका अगाडि धर्म संग जोडिएका हरेक कुराहरु डगमगाउछन् र मौलिक उदेश्यबाट दृष्टि गुमाउने अवस्था सिर्जना हुन्छ।जवकी धर्मको अस्तित्व नै शान्तिका निम्ति हो।सम्पुर्ण धर्महरुको जिम्मेवारी भनेको विश्व शान्तिलाइ प्रबर्द्धन गर्ने नै हो।तर,अफसोस धर्महरु नै द्वन्द्वका कारण बनिरहेका छन।

नेताहरुको जिम्मेवारी शान्ति बहाली गर्नु हो।तर नेताहरु यसको बिपरित देखिन्छन्।आफ्नो स्वार्थ प्रेरित महत्वाकांक्षालाई ढाकछोप गर्न धर्म र रास्ट्रवादको भाषा प्रयोग गर्छन्।उनिहरुका हृदय सहि नहुदासम्म मुलुक र त्यहाँका नागरिकहरु अलमलमा भौतारिनु पर्नेछ।धर्म र मुलुकप्रतिको प्रेम खासगरि खराब हइनन।यसलाई विश्वब्यापी मानव समुदाय निर्माणमा योगदान पुग्ने गरि प्रयोग गर्न सकिएमा त्यो निकै महत्त्वपूर्ण हुनेछ।तर कुनै खास धर्म वा जाति समुहलाइ ठिक वा बेठिक भनेर दावी गरिन्छ भने धर्म र मुलुकप्रतिको प्रेमले आफ्नो महत्ता गुमाउछ।यसले लोकोपकारितालाइ मुर्तरुप दिन सक्दैन।

ब्रह्माण्डको सत्यता नै हामिले एकअर्काको अस्तित्व र उपस्थितिलाई स्विकार्नु हो,परस्पर सहयोग गर्नु हो।ब्रह्माण्ड चराचर जगतको सिद्धान्त नै एकअर्कासंग मिलेर बस्नु हो।यो सिद्धान्तबाट विमुख हुनासाथ उसले निश्चितरूपमा नोक्सानी ब्यहोर्नु पर्दछ।यदि कुनै राष्ट्रका मानिस र धर्मबिचमा ध्देष राखी निरन्तर आक्रमण गरेमा मानवताको कुनै भबिष्य रहनेछैन।र यस्तो अवस्थामा आतंक र युद्धको कहिल्यै नटुंगिने चक्र चलिरहनेछ र हामी एकदिन विलुप्त हुनेछौ।

उहाले लेख्नुहुन्छ:म घर छाडेर टाढा गइ बस्दा मसंग कति पैसा हुदैनथ्यो।देशका विभिन्न ठाउहरु म हिडेरै पार गर्दथे र भाग्यले शाथ दिदा ट्रक पनि चढ्थे।यस्तो अवस्थामा म घरघरमा पुगि खाना मागेर खाने गर्थे।मेरो प्राथनाबाट प्रभावित महिलाहरू मलाई खानेकुरा,लुगाफाटा दिन्थे।म संग उनिहरुप्रती प्रेम बाहेक केहि थिएन।मैले धेरै पटक भोकभोकै कठिन यात्राहरु पनि गरे।

एक साम्यवादको दर्शन र सिद्धान्त बिरोधि ब्याक्ती उत्तर कोरियाका दुई ठुला साम्यवादी नेताहरु रास्ट्रपति किम इल सुङ र प्रधानमन्त्री ह्युङ मुक यओन संग महत्त्वपूर्ण भेटघाट गरे।दुइ देशको सम्बन्ध बिस्तार र कोरियाली प्रायद्दिपलाइ आणविक हतियार रहित बनाउने कुरामा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर १९९२ को दसकमै भएको थियो।सोभियत संघको कम्युनिस्ट सरकारले उनको उच्च कदर गर्नु उनको लामो समयसम्मको भोगाइ त्याग तपस्या र बिचारको पराकाष्ठा थियो।रास्ट्रपति मिखाइल गोर्भाचोभले उनलाई पछ्याउनु उनको बिचारको क्षमता थियो।दक्षिण कोरिया र सोभियत संघको सुमधुर सम्बन्ध अगाडि बढाउन उनले ठुलो भुमिका खेलेका थिए।पछि करिब छ्यासी बर्षमा पहिलो पटक कुटनितिक सम्बन्ध शुरु गर्ने ऐतिहासिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो।

अन्त्यमा उनको निष्कर्ष यस्तो छ:बास्तबिक धार्मिक ब्याक्तिहरु मात्र अनैतिकता र विश्वका खराबको बिरुद्धमा उभिन सक्छन् र साचो प्रेमको अभ्यास गर्न सक्छन्।राजनितिक नेताहरूको ज्ञान र अनुभवलाई अन्तरधार्मिक नेताहरूको बौद्धिकतासंग एकाकार गर्न सकिएमा मात्र विश्वमा वास्तविक शान्तिको मार्ग फेला पर्न सक्छ। साच्चिकै उनका बिचारहरु प्रेरणादायी छन।तर उनि कुनै एउटा धर्ममा मात्र केन्द्रीत भइ धर्मकै प्रचारमा अगाडि बढनु गलत थियो।उनका अरु पनि धेरै कुराले प्रश्न चिन्ह खडा गरेको छ ।

सबै जातजाति,धर्म,संस्कृतिको सम्मान,जगेर्ना तथा प्रबर्द्धन गर्न उत्प्रेरित गर्दै लागी परौ।राम्रो काम र बिचारको उच्च मुल्यांकन गरौ।घर परिवार,समाज,रास्ट्र र विश्वमा शान्ति र सुरक्षाको उजागर गर्न सबैले लागी परौँ ।लेखक: अनेरास्ववियु एक्मि इन्जिनियरिङ कलेजका अध्यक्ष हुन

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *