मिस वर्ल्डमा अझै किन थपिँदै छ भोटिङ समय ?

६८ औं मिस वर्ल्डको फाइनल चीनको सान्यामा भोलि आयोजना हुँदैछ । नेपालकी श्रृंखला खतिवडा मिस वर्ल्डको टप ३० मा पुगिसकेकी छन् ।

ब्यूटी विथ प्रपोज अवार्ड र मल्टिमिडिया अवार्ड जितेसँगै श्रृंखलाले टप ३० (फाइनल राउन्ड) मा स्थान बनाएकी हुन् । उनले यसपाली उपाधिको बलियो दावेदारका रुपमा राष्ट्रिय-अन्तर्राष्ट्रिय चर्चा पाएकी छिन् ।

यसैबीच मिस वल्र्डले आफ्नो आधिकारिक फेसबुक पेजमा प्रतियोगीहरुर्लाइ भोलिसम्म नै भोटिङ जारी राख्न अपिल गरेको छ । यसअघि मल्टिमिडिया अवार्ड र हेड टु हेड च्यालेन्जका लागि भोटिङ आह्वान भएको थियो । यी दुवैको नतिजा आइसकेको छ । तर, मिस वर्ल्डले ८ डिसेम्बरसम्म भोटिङ गर्न सकिने भन्दै नयाँ सूचना निकालेको हो । श्रृंखलालाई पनि आफूलाई भोट जारी राख्न सामाजिक सञ्जालमा आग्रह गरेकी छन् ।

अहिलेको भोटिङ सम्भवतः टप १० का लागि हुन सक्ने पूर्वमिस नेपाल माल्भिका सुब्बा बताउँछन् । यद्यपि, उनी पनि यसमा निश्चित छैनन् ।
‘मिस वर्ल्डको फर्म्याट हरेक वर्ष परिवर्तन भइरहेको हुन्छ, त्यसैले उसले सँधै कन्फ्यूजन गराउँछ,’ उनले भनिन्, ‘यसपाली पनि त्यस्तै कन्फ्यूजन भइरहेको छ ।’

पछिल्लो भोटिङ के प्रयोजनका लागि हो भनेर प्रष्ट पारिदिन आफूले श्रृंखलालाई म्यासेज गरेको तर रिप्लाई पाइनसकेको उनले बताइन् । मिस वल्र्डले विश्वव्यापी भोटिङबाट दह्रो आम्दानी गरिरहेकाले पनि यसलाई निरन्तरता दिएको हुन सक्ने माल्भिकाको आशंका छ ।

मिस वल्र्डले बारम्बार परिवर्तन गर्ने उदारहण दिँदै माल्भिकाले भनिन्, ‘सन् २०१३ मा ब्यूटी विथ प्रपोजको अवार्ड विजेता घोषणा फाइनलको दिन मात्रै गरिएको थियो । नेपालकी इशानी श्रेष्ठ ब्यूटी विथ प्रपोजको अवार्ड जितेपछि सिधै टप १० मा पुगेकी थिइन् । यसपाली भने यो अवार्ड जितेर पनि श्रृंखला टप ३० मा मात्रै छिन् ।’

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *