बेल्जियममा बलात्कृत, नेपालमा उजुरी

काठमाडौं– ‘म बलात्कृत भएँ, जाहेर लिनुस्’ भन्दै केही दिनअघि एक युवती महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगिन् । मुद्वा शाखाका अनुसन्धान अधिकृतले उनलाई सोधे, ‘घट्नास्थल कहाँ हो ?’

ती युवतीले उत्तर दिइन्, ‘बेल्जियम !’

बेल्जियममा बलात्कार भएको जाहेरी दर्ता गरेर काठमाडौं प्रहरीले केही दिनयता नयाँ कानुनको अभ्यास गरिरहेको छ ।

‘नयाँ कानुनमा विदेशमा भएको बलात्कारको घट्ना समेत नेपालमा दर्ता गरेर अनुसन्धान गर्न सकिने व्यवस्था छ’ काठमाडौं प्रहरी प्रमुख (एसएसपी) वसन्त लामाले भने, ‘पीडित युवतीको जाहेरीका आधारमा हामीले बलात्कारमा संलग्न युवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।’

यसरी, जर्मनमा युवती बलात्कार गरेको अभियोगमा मकवानपुर स्थायी घर भएर करिब ७ बर्षदेखी जर्मन बस्दै आएका सुन्दर विक पक्राउ परेका छन् ।

अभियुक्त विकलाई मंसिर १२ गते त्रिभुवन विमानस्थलबाट पक्राउ गरेर जबर्जस्ती करणी मुद्वामा अनुसन्धान भइरहेको प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) लामाले रातोपाटीलाई जानकारी दिए ।

करिब पाँच बर्षदेखि जर्मन बसेकी युवती र सुन्दरको चिनजान जर्मनमै भएको थियो । प्रहरीसँग सुन्दरले आफुहरु जर्मनमा ‘लिभिङ टुगेदर रिलेसन’ मा बसेको दाबी गरेका छन् ।

मुलुकी अपराध संहिता–२०७४ ले बलात्कार, अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुर, ज्यान लिने तथा अंगभंग सम्बन्धी कसुर विदेशमा गरेपनि नेपालमा जाहेरी दिन सकिने र प्रहरीले अनुसन्धान गर्नसक्ने व्यवस्था गरेको छ ।
मुलुकी अपराध संहिता २०७४ को दफा २ मा व्यवस्था भएको उक्त कानुन अनुसार बेल्जियममा भएको भनिएको बलात्कार घट्नाबारे नेपालमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले रातोपाटीलाई जानकारी दिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *