स्वस्थ जिवनशैली कसरी अपनाउने ?

स्वस्थ रहनुको अर्थ बेलाबखत सलाद खानु वा केही दिनमा एकपटक मर्निङवाक जानु होइन । स्वस्थ रहनको लागि आफ्नो तर्फबाट थोरै मेहनत गर्नैपर्छ ।

एक स्वस्थ जीवनशैली अपनाउन चाहनुहुन्छ भने स्वस्थ खानपान र व्यायामलाई आफ्नो दिनचर्याको हिस्सा बनाउनुहोस् । यस्तै तपाईंले सरसफाईमा ध्यान दिनुहोस् र पर्याप्त नसुत्ने बानीलाई हटाइदिनुहोस् ।

जीवनशैलीमा परिवर्तन ल्याउनको लागि थोरै सुधार गनुपर्छ । स्वास्थ्यमा परिवर्तन त्यतिखेर मात्रै देखिन्छ जब आफ्नो तर्फबाट मेहनत गर्नुहुन्छ ।

स्वस्थ जीवनशैली अपनाउनको लागि टिप्सः

विधि १. स्वस्थ खाना खाने

स्वस्थ खाना खाएर हामीले हाम्रो शरीरलाई स्वस्थ र बलियो बनाइ राख्न सक्छौं । आफ्नो भोजनमा यसरी स्वस्थ र सन्तुलित आहार समावेश गर्नुहोस्ः

अस्वस्थ फ्याट कम भएको खाना खानुहोस्

अस्वस्थ खानामा ट्रान्स र स्याचुरेटेड दुवै खाले फ्याट हुन्छन् । यी फ्याटले एलडिएल कोलेस्टेरोल बढ्छ । यसको मतलब मुटुरोगको सम्भावना बढ्छ ।

जुन खानेकुरामा धेरै ट्रान्स फ्याट हुन्छ त्यसमा ती खानेकुरा हुन्छन् जस्तै बेक गरिएका, प|mाइ गरिएका खानेकुरा, प|mोजन पिज्जा र अन्य प्रशोधित खानेकुरा आदि ।

त्यस्तै स्याचुरेटेड फ्याटले भरिएका पदार्थमा पिज्जा चिज रेडमिट र फुल फ्याट दूग्ध उत्पादन समावेश छन् । नरिवलको तेलमा पनि स्याचुरेटेड फ्याट धेरै हुन्छ तर, त्यसले गुड कोलेस्टेरोल पनि बढ्छ । त्यसैले नरिवलको तेल प्रयोग गर्दा कुनै समस्या हुँदैन ।

स्वस्थ फ्याट हिसाब गरेर खानुहोस्

पोली अनस्याचुरेटेड, मोनो अनस्याचुरेटेड र ओमेगा ३ फ्याट सबै स्वस्थ जीवनशैलीको लागि उचित विकल्प हुन् । यी फ्याटहरुले तपाईंको एलडी कोलेस्टेरोल कम गरेर एचडीएल कोलेस्टेरोललाई बढाउँछ जसले मुटुरोगको सम्भावना कम हुन्छ ।

खानामा सँधै ओलिभ, केनोला सोया, पिनट र कर्न तेल प्रयोग गर्नुहोस् । माछामा ओमेगा ३ फ्याटी एडिड धेरै हुन्छ । माछा खाँदा सालमन, टुना, ट्राउट खानुहोस् ।

चिनी र प्रशोधित कार्वोहाइडे्रट कम भएका खाना खानुहोस्

मिठाई, सफ्ट डि्रङ्क, धेरै गुलिया फलफूल र पाउरोटी थोरै खानुहोस् । यसको सट्टा कम गुलिया फलफूल, ताजा जुस र होल ग्रेन ब्रेड छान्नुहोस् ।

प्रशोधित खानाको सट्टा होल ग्रेन फुड खानुहोस् । होल ग्रेन फुडमा कार्वोहाइड्रेट, प्रोटिन, फ्याट र अन्य पदार्थको सहि समन्वय हुन्छ ।

धेरै भिटामिन र मिनरलको मात्राको लागि फलफूल र सागसब्जी खानुहोस् । धेरै चिनी र नुन हुने बट्टामा राखिएका सागसब्जी र फलफूलको सट्टा ताजा फलफूल र सब्जी खानुहोस् ।

प्रोटिनको लागि पातलो मासु, गेडागुडी र टोफुको सेवन गर्नुहोस् । लो फ्याटयुक्त दूग्घ उत्पादन खानुहोस् ।

अर्गानिक खानेकुरालाई प्राथमिकता दिनुहोस्

सकेसम्म प्राकृतिक खाद्यान्न स्टोर वा स्थानीय कृषक मार्केटबाट सामान किन्नुहोस् । अर्गानिक खानामा धेरै पौष्टिक तत्व हुँदैन तर, त्यसमा किटनाशक तथा फुड एडिटिभ्स हुँदैन । आम रुपमा यो पर्यावरण र पृथ्वीको लागि पनि राम्रो हुन्छ ।

यदि तपाईंलाई मुल्यको चिन्ता छ भने केही मात्रै अर्गानिक सामान जस्तै स्याउ, अंगुर, हरिया सागसब्जी आलु आदि खरिद गर्नुहोस् । अग्र्यानिक बाहेकका यी व्यावसायीक रुपमा यी सब्जीहरु र फलहरु उत्पादन गर्दा धेरै किटनाशक प्रयोग हुने गर्छ ।

विधि २. व्यायाम गर्नुहोस्

व्यायाम गरेर हामी स्वस्थ रहन सक्छौं । व्यायामले हाम्रो शरीरलाई फिट राख्छ र मांसपेशीहरुलाई मजबुत बनाउँछ । यसले हाम्रो रोग प्रतिरोधी क्षमता पनि बढाउँछ ।

व्यायामको सुरुवात र अन्त्य स्ट्रेचिङबाट गर्नुहोस्

हल्का स्ट्रेचिङ गर्नाले मांसपेसीहरु व्यायाम गर्नु भन्दा पहिले तात्छन् र व्यायाम पछि आराम महसुस गर्छ । धेरै स्ट्रेच गर्नुहोस् ।

हप्तामा ३-५ पटक जिम जानुहोस्

कार्डियो र स्ट्रेन्थ ट्रेनिङ कार्यक्रम दुवैको मिश्रण गरेर आधादेखि एक घन्टासम्म जिममा व्यायाम गर्नुहोस् । विशेषज्ञहरुले हरेक हप्ता कम्तीमा १५० मिनेटको मध्यम स्तरको एरोबिक एक्टिभिटी गर्न सुझाव दिन्छन् ।

हप्तामा दुईपटक स्ट्रेन्थ ट्रेनिङ गर्नुहोस् ।आफ्नो घर वरिपरि जगिङ गर्नुहोस्

नियमित रुपमा जगिङको लागि वा आफ्नो कुकुरलाई घुमाउनको लागि बाहिर निस्कनुहोस् । ध्यान राख्नुहोस् कि कम्तीमा ३० मिनेटको लागि मध्यम गतिमा हिँड्न जरुरी छ ।

शारीरिक श्रम गर्नुहोस्

बंगैचाको हेरचाह र घरको रेखदेख जस्ता शारीरिक श्रम आवश्यक हुने काम गर्नाले तपाईंको शारीरको व्यायाम हुन्छ । त्यस्तै तपाईं कार्यालयमा वा कतै सपिङमा जाँदा लिफ्टको सिँढि चढ्ने बानी बसाल्नुहोस् । त्यस्तै कतै जाँदा गाडि वरै रोकेर वा कार्यालयमा लञ्च ब्रेकको क्रममा केही बेर हिँडेर पनि आफ्नो दिनचर्यामा गतिलाई बढाउन सक्नुहुन्छ ।

हिँड्ने बानी बसाल्नुहोस्

छोटो दुरीको लागि वा १५-२० मिनेट लाग्ने ठाँउमा कतै जाँदा कार वा मोटरसाइकल प्रयोग गर्नुको सट्टा आफ्नो गन्तव्यसम्म हिँडेर वा साइकलमा जानुहोस् । यदि तपाईं सार्वजनिक यातायातको प्रयोग गर्नुहुन्छ एक स्टप अगाडि नै उत्रिएर केही बेर हिँडेर गन्तव्यमा जानुहोस् ।

विधि ३. अस्वस्थ बानीहरुबाट बच्नुहोस्

तपाईंले आफ्नो जीवनशैलीलाई परिवर्तन गरेर स्वस्थ जीवनशैली अपनाउन चाहनुहुन्छ भने आफ्ना केही अस्वस्थ बानीहरु पहिचान गरेर त्यसलाई सुधार्नेतिर लाग्नुपर्छ ।

यो-यो डाइटिङ नगर्नुहोस्

पहिले आफ्नो तौल घटाउन चाहनुहुन्थ्यो र एक पटक आँफै जीवनशैलीमा सुधार गरेर तौल घटाएपछि त्यसलाई बढ्न नदिनुहोस् । बारम्बार तौल बढाउने, घटाउने गर्नुको सट्टा त्यसै स्तरमा राख्नको लागि मेहनत गर्नुहोस् ।

फेक डाइटबाट बच्नुहोस्

जबसम्म कुनै डाक्टरले तपाईंलाई लिक्विड डाइट, डाइट पिल्स र अन्य डाइट सप्लिमेन्ट्स प्रयोग गर्नु भन्दैनन त्यतिखेरसम्म त्यसबाट टाढै रहनुहोस् । आम रुपमा यदि कुनै उत्पादन वा डाइट प्लानले तल लेखिएका चीजहरु गर्ने दाबी गर्छन् भने त्यसको मतलब त्यो फेक हो

-धेरै छिटो तौल कम गर्ने आश्वासन

-तपाईंको बानी नबदलीकन तपाईको तौल कम गराउने वाचा

– धेरै पैसा खर्च गराउन भन्छन् भने

– खान योग्य विकल्पलाई कम गर्छन् र तपाईंको सन्तुलित पोषणलाई बढाउँदैन भने

मध्यम स्तरको व्यायाम गर्नुहोस्

एकै दिनमा लामो समयसम्म बारम्बार वा तिव्र गतिमा व्यायाम गर्नाले चोट लाग्ने सम्भावना बढ्छ । साथै यसले झनै गाह्रो बनाउँछ । त्यसैले आफ्नो वर्कआउटको बीच थोरै समय विश्रामको लागि पनि निकाल्नुहोस् ।

आफ्नो तौलको अनुमान गर्नुहोस्

तौल कम हुने वा धेरै हुनु दुवै मानिसको लागि स्वस्थ शरीरको संकेत होइन । कुनै डाक्टर सँग वा विश्वासिलो वेट चार्टबाट आफ्नो उमेर र शरीरको आकार अनुसार सही तौलको अनुमान लगाउनुहोस् ।

धुम्रपान र मदिरा नपिउनुहोस्

धुम्रपान गर्नाले मुटुरोग, कलेजोको रोग र कैयौं प्रकारका क्यान्सर जस्ता स्वास्थ्यसँग जोडिएका समस्याहरु हुन सक्छन् । त्यस्तै मदिरा पिउनाले कलेजोको रोग, क्यान्सर, मुटुरोग, अल्कोहल पोइजनिङ र डिप्रेशन जस्ता रोगहरु हुने सम्भावना हुन्छ । त्यसैले धुम्रपान र मद्यपानबाट टाढै रहनुहोस् ।

आफ्नो निन्द्रा पुरा गर्नुहोस्

एक शोध अनुसार जो मानिस कम सुत्छन् उनीहरुको तौल धेरै हुन सक्छ । त्यसैले वयष्कहरुलाई कम्तीमा पनि हरेक रात ७-९ घन्टा सुत्ने कोसिस गर्नुपर्छ ।

यस्तै बच्चा र किशोर किशोरीहरुलाई धेरै निन्द्राको आवश्यकता हुन्छ । साना बच्चाहरुलाई १० देखि १४ घन्टाको निन्द्राको आवश्यकता हुन्छ भने किशोर किशोरीलाई ८-१० घन्टाको निन्द्रा आवश्यक हुन्छ ।

विधि ४.  आँफैलाई सफा राख्न नभुल्नुहोस्

स्वस्थ जीवनशैली अपनाउनको लागि हामीले हाम्रो सरसफाईमा पनि ध्यान दिनुपर्छ । सफा भएनौं भने हामीलाई विभिन्न खालका स्वास्थ्य समस्या पनि हुन सक्छ । त्यस्तै मानिसको पहिलो प्रभाव उसको व्यक्तित्वबाट नै हुने भएकाले हामीले सरसफाइमा ध्यान दिनुपर्छ ।

दैनिक नुहाउनुहोस्

यदि कुनै शारीरिक गतिविधि पछि तपाईंलाई पसिना आएको छ भने तत्काल नुहाउनुहोस् । यसले शरीरको दुर्गन्ध, चाँया र अन्य सफाइसँग जोडिएका रोगहरु जस्तै लुतो, एलर्जीबाट बचाउँछ ।

दैनिक आफ्नो दाँतलाई ब्रस र फ्लस गर्नुहोस्

दिनको दुईपटक नियमित ब्रश गर्ने र दाँतको सफाइ गर्नाले मुखको गन्ध कम हुनेमात्रै होइन गिजाको समस्याबाट पनि छुटकारा मिल्छ ।

आफ्नो खुट्टालाई सफा राख्नुहोस्

खुट्टा फुट्न र दुर्गन्धबाट बच्नको लागि खुट्टाको विशेष ख्याल राख्नुपर्छ । कतै धुलोमा काम गरेर, खेलेर वा कतै गएर आएपछि खुट्टा धुनुहोस् । धुँदा खुट्टाको औंला बीचको भागमा पनि सफाइ गर्न नभुल्नुहोस् ।

सफा कपडा लगाउनुहोस्

सफा कपडाले नै तपाईंको व्यक्तित्वलाई सुन्दर र आर्कषक बनाउँछ । विशेष रुपले आफ्नो अण्डरवेयर र मोजा दैनिक फेर्ने गर्नुहोस् ।

आफ्नो हात धुनुहोस्

हात खान बनाउन भन्दा पहिले र पछि, ट्वाइलेट गएपछि हल्का चोटमा औषधि लगाएपछि र हाछ्यु गरेपछि राम्रोसँग साबुनपानीले धुनुहोस् । यसले तपाईंलाई स्वस्थ राख्छ ।

अन्य केही सल्लाहहरुः

-नियमित धेरै पानी पिउनुहोस् । वयष्क मानिसको लागि दैनिक ८ देखि १० गिलास पानी पिउन राम्रो हुन्छ ।

-नियमित रुपले सँधै व्यायाम गर्नाले तपाईंको शरीर भित्रैबाट मजबुत हुनछ । यस बाहेक व्यायामले मुटुरोग मधुमेह र मोटोपना जस्ता समस्याको पनि रोकथाम गर्छ । तपाईंको शारीरिक स्वास्थ्यले तपाईंको मानसिक विकासलाई पनि प्रभावित गर्छ भन्ने कुरा कहिल्यै नभुल्नुहोस् ।

-सँधै सकरात्मका सोच राख्नुहोस् र सदैव खुसी कसरी हुने भनेर जानकारी लिनुहोस् । खुसी रहन चाहने मानिसले स्वास्थ्यसँग जोडिएका जानकारी लिने काम पनि गर्छन् त्यसैले स्वस्थ जीवनशैली अपनाउनको लागि आफ्नो खुसीमा पनि ध्यान दिनुहोस् ।

-कसैसँग कुराकानी गर्दा थोरै मुस्कुराउनुहोस् र हाँस्दा दिल खोलेर हाँस्ने कोसिस गर्नुहोस् । तपाईं धेरै राम्रो र स्वस्थ महसुस गर्नुहुनेछ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *