भारतमा पनि भेटियो कोरोनाको ओमिक्रोन भेरियन्ट

काठमाडौं – छिमेकी मुलुक भारतमा पनि कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका २ जना संक्रमित फेला परेका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अगरवालले कर्नाटकमा २ जना ओमिक्रोनका संक्रमित फेला परेको बताएका हुन् ।

६६ वर्ष र ४० वर्षका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । ‘हालसम्म देशमा यो भेरियन्टबाट २ जना संक्रमित भएको पुष्टि भएको छ’, अगरवाले भने, ‘दुबै संक्रमित कर्नाटकका हुन् ।’

योसँगै ओमिक्रोन भेरियन्ट २५ मुलुकमा फैलिएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *