कलाकारिताले मौलिक संस्कृतिको जगेर्ना गर्न सक्नुपर्छ: मोडल शिव कुँवर

पछिल्लो समय नेपाली मोडलिङको क्षेत्रमा उदाउँदै गरेको नाम हो शिव कुँवर ,२०५० सालमा प्युठानमा जन्मिएका कुँवर अहिले म्युजिक भिडियो र गित संगितमा व्यस्त छन् ।केहि म्युजिक भिडियोमा अभिनय गरिसकेका कुँवरको आफ्नो काम,समाजसेवा र राजनीतिमा पनि उत्तिकै लगाव छ।केहि दिनमै आफ्नै शब्द रचना र अभिनयमा रहेको नयाँ एल्बम सोल्टिनी सार्वजनिक हुँदैछ।इतिहास तिर बढिनै चासो राख्ने कुवर,त्यस्ता बुकहरु खोजिखोजी अध्ययन गर्छन।उनै कुँवर सँग ग्लोबल खबरका लागि गरिएको कुराकानीको केही अंश

मोडलिङ क्षेत्रमा लाग्नुभएको कति भयो ?
म स्कुल पढ्ने बेलादेखि नै स्कुलमा हुने विभिन्न कार्यक्रमहरुमा नाच्ने गाउने गर्थे तर मोडलिङ क्षेत्रमै भनेर म्युजिक भिडियोहरुमा काम गर्न थालेको चाहिँ करिब २ बर्ष जति भयो ।

तपाई पेसाले इन्जिनियर हुनुहुन्छ फेरि मोडलिङ क्षेत्रमै किन लाग्नुभयो ?
पहिलो कुरा मेरो सानैदेखिको एउटा सपना थियो मोडलिङ क्षेत्रमा काम गर्ने अर्को कुरा यो क्षेत्रमा लागेर कलाकारिताको माध्यमबाट देशलाई चिनाउन र देशभित्रका कला र संस्कृतिलाई जगेर्ना गर्न सकिन्छ भनेर म यो क्षेत्रमा लागे ।

इन्जिनियरिङमा भविष्य नदेखेर मोडलिङमा लाग्नुभएको हो ?
बिल्कुलै होइन इन्जिनियरिङमा धेरै संभावना र अवसर छन् र मैले काम पनि गरिरहेको छु तर त्यो सँगसँगै मोडलिङमा पनि केहि योगदान दिन सकिन्छ भने किन नलाग्ने भनेर म यो क्षेत्रमा लागे ।

एउटा इन्जिनियरले कलाकारिताको क्षेत्रमा भन्दा बिकास र निर्माणको क्षेत्रमै बढी योगदान दिन सक्छ नि होइन ?
जरुर म पेशाले इन्जिनियर हुँ तर मानिसमा एउटा भन्दा बढी क्षेत्रमा रुचि र क्षमता पनि त हुन्छन् नि इन्जिनियरमा चाहिँ संगित र कलाकारिताको ज्ञान र क्षमता नै हुँदैन भन्ने पनि त होइन । एउटा इन्जिनियरले बिकास र निर्माण का साथसाथै आफ्नो पेशा भन्दा बाहिरको क्षेत्रमा चाहिँ केही गर्नै नसक्ने वा गर्नै नहुने होइन नि ।

मोडलिङ क्षेत्रमा लाग्नको लागी सुरुमा आफै लगानी नगरी हुँदैन भन्छन् नि ?
तपाईंले भनेको कुरा सत्य हो धेरैजसो त्यसो हुन्छ पनि तर सबै होइन धेरै जना आफ्नो कला देखाएरै आउने हरु पनि हुनुहुन्छ ।

मोडलिङ क्षेत्रमा जति नव कलाकारहरूले प्रवेश गरिरहेका छन् त्यतिनै मात्रामा पलायन पनि भइरहेका छन् किन होला ?
पक्कै पनि सहि कुरा हो त्यसका २/३ वटा कारण म देख्छु पहिलो कुरा यो क्षेत्रमा जति आउनुहुन्छ सबै जानेर, बुझेर र यससम्बन्धी अध्ययन गरेर भन्दा पनि देखेको र सुनेको भरमा आउनुहुन्छ कतिपय तपाइले भनेजस्तै यसप्रतिको भित्री चाहानाले भन्दा पनि एउटा दुइटा भिडियोमा देखिउ भनेर आफै लगानी गरेर आउनेहरू पनि हुनुहुन्छ ।

मोडलिङको क्षेत्रमा टिक्न कतिको गाह्रो छ ?
सबै काम गर्दा गाह्रो त हुन्छ नै मोडलिङमा पनि दिनप्रतिदिन नयाँ नयाँ कलाकारहरू आइरहेका छन् बजार धेरै ठुलो छैन तर आफुमा कला र क्षमता छ भने टिक्नै नसक्ने स्थिति पनि छैन ।

मोडलिङ गरेर जीवन निर्वाह गर्न सक्ने अवस्था छ ?
पक्कै पनि छ हामीले हाम्रै बजारलाई कब्जा गर्न सकिरहेका छैनौं हाम्रै बजारमा नेपाली गित संगीत भन्दा हलिउड र बलिउडले कब्जा जमाइरहेका छन् हामीले हाम्रो गित संगितको बिकाश गरेर नेपाली बजारलाई मात्रै कब्जा गर्न सक्यौं भने यो क्षेत्रमा नाम, दाम र इनाम सबै छ ।

अझैपनी नेपाली समाजको मोडलिङ क्षेत्रलाई हेर्ने दृष्टिकोण राम्रो छैन यसलाई परिवर्तन गर्न के गर्नुपर्ला ?
मोडलिङ क्षेत्रमा केहि कमि कमजोरीहरु अवश्य छन् तर यो क्षेत्रमा धेरै राम्रा कुराहरु पनि छन् । धेरै क्षमतावान व्यक्तिहरु पनि छन् सबैलाई एउटै नजरले हेर्दा अन्याय हुन्छ, देशको कला र संस्कृतिको जगेर्ना गर्न यो क्षेत्रले ठूलो मद्दत गरेको छ त्यसैले समाजले यो क्षेत्रलाई नकारात्मक रूपमा हेर्नेमात्रै भन्दापनी यो क्षेत्रमा भएका गलत कुराहरुलाइ हटाउँदै सकारात्मक कुराहरूको प्रोत्साहन गर्नुपर्छ ।

एउटा इन्जिनियर मोडलिङको क्षेत्रमा प्रवेश गर्दै गर्दा के कस्तो कठिनाइहरुको सामना गर्नुपर्यो ?

जुनसुकै काम गर्दा पनि सुरुवातमा निकै गाह्रो नै हुन्छ मेरो बिषयमा पनि त्यो लागू नहुने कुरै भएन तर आफुमा मोडलिङप्रती एउटा लगाव र दृढ इच्छाशक्ति भएकाले सुरुवातमा गाह्रो भएपनि बिस्तारै सहज हुँदै गयो ।

घर परिवारको साथ कतिको छ ?
सुरुमा थिएन सबै परिवारको आफ्नो छोरा ठुलो भएर जागीर खाओस बिहे गरोस् भन्ने हुन्छ त्यसमा पनि म पेसाले एउटा इन्जिनियर मोडलिङको क्षेत्रमा लाग्दा झन् त्यो अपेक्षा हुने कुरै भएन।तर अहिले म आफ्नो कामप्रती दृढ भएर लागेको,अध्ययनलाइ पनि निरन्तरता दिएको,परिवारमा एउटा छोराले र समाजमा एउटा सच्चा मानिसले बहन गर्नुपर्ने जिम्मेवारीहरु स्वत:स्फुर्त मैले निभाइरहेको हुनाले अहिले कन्भिन्स हुनुहुन्छ अहिले राम्रो साथ छ ।

आगामी लक्ष्यहरु के छन् ?
आगामी लक्ष्यहरु केहि दिनभित्रै मेरो आफ्नै शब्दमा र अभिनय भएको नयाँ म्युजिक भिडियो आउँदैछ अब बिस्तारै मेरो इन्जिनियरिङ काम,समाजसेवा,अध्ययन,अनुसन्धानलाइ निरन्तरता दिदै मोडलिङ हुँदै नेपाली कलाकारिताको क्षेत्रमा लागेर कला र संस्कृति बिकास र प्रबर्द्धन गर्दै कला र संस्कृति मार्फत देशको पहिचान गराउने हो । त्यसका लागि देशका विभिन्न क्षेत्रहरूमा रहेका जाति समुदायहरुको मौलिक संस्कृति लाई उजागर गर्दै नेपाली संस्कृतिको बिकास गर्ने हो ।

सोल्टिनी एल्बमको केहि तस्बिरहरू 

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *