धिताल चिरिच्याँट्ट को जनचेतनामूलक भिडियो कोरोना पुराण सार्वजनिक

काठमाडौ – रँगकर्मी तथा कलाकार कृष्ण प्रसाद धिताल (धिताल चिरिच्याँट्ट)ले कोरोना भाईरस रोकथाम नियन्त्रणमा र सहजकताको लागि सन्देशमुलक भिडियो कोरोना पुराण निर्माण गरेका छन् ।

रंगकर्मी धितालले यसअघि पनि लकडाउनलाइ उपयोग गर्दै विभिन्न सन्देशमुलक भिडीयो सामग्रीहरु निर्माण गरिसकेका छन् । देशमा कोरोनाले प्रभाव पारेको र यसबाट बच्नका लागि नागरिकहरुमा जनचेतना फैल्याउन आवस्यक रहेकाले आफ्नो कला र सिर्जनाको माध्यमबाट जनचेतना जगाएर कोरोना रोकथाममा सहयोग पुगोस् भनेर लागिरहेको कलाकार धितालले ग्लोबल खबरलाई बताए ।

कोरोना पुराणको नाम दिईएको भिडियोमा साबुन पानीले हात धुनुपर्ने, कोरोना भाईरसको शंका लागेमा स्वास्थ्य कर्मीको निगरानीमा क्वारेन्टाइनमा बस्ने, लकडाउन पुर्ण रुपमा पालना गरि, कोरोना बिरुद्धको अभियानमा सबै एक हुनुपर्ने सन्देश रहेको छ ।

भिडियो हेर्नुहोस 

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *