गम्भीर राजनीतिक संकटमा श्रीलंका, सांसदहरु बीच नै कुटाकुट

काठमाडौं– श्रीलंकाको संसदमा बिहिबार कुटाकुट भएको छ ।  प्रधानमन्त्री महिन्दा राजपक्षे र विक्रमसिंघेका समर्थकबीच भएको विवाद उग्र बन्दै संसदमै झडप हुन पुगेको समाचारहरुमा जनाइएको छ ।

सांसदहरुले एकले अर्कालाई लात्तीदेखि मुक्कासम्मले हान्दै गरेको फुटेज टेलिभिजनहरुले देखाएका छन् ।

आज चर्कँदो दलीय तनावका बीच संसद बैठक बोलाइएको थियो ।  झडपका क्रममा  दिलुम अमुनुगाम्ना नाम गरेका सांसद घाइते भएका छन् ।

बिहीबार बिहान  संसद बैठक चलिरहँदा प्रधानमन्त्रीमा नियुक्त भएका पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेका समर्थक सभामुखविरुद्ध उत्तेजित बनेपछि कुटाकुट सुरु भएको थियो ।

यसैबीच प्रधानमन्त्री राजपक्षेले सभामुखसँग ध्वनीमतबाट आफूलाई हटाउने अधिकार नरहेको दाबी गरेका छन् ।

मंगलबार संसदबाट पारित भएको अविस्वास प्रस्तावलाई लिएर उनले यो दाबी गरेका हुन् ।

राजपक्षलेले सभामुखले पक्षपातपूर्ण व्यवहार गरेको पनि आरोप लगाएका छन् ।

उनको अभिव्यक्तिपछि विपक्षी थप आक्रोशित बन्न पुगेको बताएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *