दशैं विशेष कार्यक्रम गर्दै गौमुखी गाउपालिका -७ नारिकोट

✍शिव कुवँर

१३ असोज,प्युठान

जिल्लाको  उत्तरी भेगमा रहेको विकट मानिने गौमुखी गाउँपालिका-७ नारिकोटमा २०७५ असोज २५-२९ गते पिपलरुखमा दसैं बिशेष कार्यक्रम हुन गइरहेको छ। ग्रामीण पर्यटन समावेशी शिक्षा खेलकुदमा लगानी बिपत ब्यबस्थापन अक्षकोष स्थापनार्थ हुन गहिरहेको कार्यक्रम निकै भब्य बनाउन आयोजक जुटिरहेको छ ।

धेरै ठुलो धनराशिमा शुरु हुन गइरहेको उक्त कार्यक्रमलाई देश-बिदेशमा रहनु भएका गाउबासी युवाहरूले सौजन्य गर्नुभएको छ।र त्यत्तिकै मात्रामा आर्थिक सहयोग पनि संकलन भएको उक्त कार्यक्रमका संयोजक बिकास गुरुङले ग्लोबल अन्लाईन खबरलाइ जानकारी गराउनुभएको छ।

बिगत लामो समयसम्म जिल्लामा नाम कमाउन सफल भएको र सानातिना बिकास निर्माणका संरचनाका कामहरु देखी लिएर बिगतमा जिल्लामै ठुला कार्यक्रमको आयोजना गर्दै आएको जनजागृती युवा क्लबले केहि बर्षदेखी आफ्नो कार्यक्रमलाइ निरन्तरता दिन सकेको थिएन।जनजगृती युवा क्लव तथा सम्पुर्ण नारिकोट युवा परिवारको सहकार्य तथा समन्वयमा,गौमुखी गाउपालिका-७ नं.वडा कार्यालय नारिकोट आयोजक बनेर कार्यक्रमलाइ निरन्तरता दिन थालिएको हो।

उक्त कार्यक्रममा खुल्ला भलिबल,लोकदोहोरी,लोकनृत्य, एकल लोकगित प्रतियोगिताका साथै ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ।साथमा स्थानीय लोक-संस्कृति तथा मौलिकता झल्किने विभिन्न कार्यक्रमहरु संचालन हुने आयोजकबाट जानकारी प्राप्त भएको छ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *