ट्रम्पसँग ओलीको नाम मात्रको भेट

काठमाडौं- संयुक्त राष्ट्रसंघको ७३औँ महासभामा सहभागी हुन न्यूयोर्कमा रहेको प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटघाट भएको छ।

महासभामा सहभागी सम्पूर्ण देशका उच्चस्तरीय प्रतिनिधिको सम्मानमा आयोजना भएको रात्रीभोज कार्यक्रमका अवसरमा ओली र ट्रम्पबीच भेटवार्ता भएको महासभामा सहभागी परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ।

राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानीया ट्रम्पले आयोजना गरेको रात्रीभोज कार्यक्रममा प्रधानमन्त्री ओलीसहित प्रधानमन्त्री पत्नी राधिका शाक्य र नेपालका अन्य विरिष्ठ व्यक्तित्वको पनि सहभागिता रहेको थियो। महासभामा उच्चस्तरीय छलफल हुनु भन्दा अघिल्लो दिन रात्रीभोजको आयोजना भएको हो।

महासभालाई अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबार सम्बोधन गर्ने कार्यक्रम छ। यस्तै नेपालका प्रधानमन्त्री ओलीको सम्बोधन असोज ११ गते हुने कार्यक्रम छ।

महासभापछि प्रधानमन्त्री ओलीले उत्तर अमेरिकी राष्ट्र कोस्टारिका भ्रमण गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओली असोज १७ गते नेपाल फर्किनेछन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *