मुख्य समाचार

सत्तामा जान नपाउँदा कांग्रेस पानीबिनाको माछा जस्तै भयो : केपी ओलि

काठमाडौं – सत्तारूढ दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरु सरकारमा जाने र सत्ताको लिप्सामा नभएको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफूहरू सत्ता लिप्सामा नभएको भन्दै देशमा राजनीतिक अनिश्चय बढ्दै जाने…

गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज

काठमाडौं – सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरिदिएको छ । लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै सर्वोच्च अदालतले उनको सांसद पद पनि खारेज गरिदिएको हो।

संसद भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेम आचार्यको निधन

काठमाडौं – संसद भवन अगाडि आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन भएको छ। मंगलबार नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा ज्यान गएको हो। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको…

दुर्घटनाग्रस्त यतिको जहाजमा चालक दलका सदस्यसहित ७२ जना रहेको पुष्टि

काठमाडौँ – यति एयरलाइन्सको जहाजमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार रहेको पुष्टि भएको छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले ७२ जना सवार जहाज पोखरामा दुर्घटनाग्रस्त बनेको बताए । १०ः ३३ मा काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडेको जहाज…

सन्दीप लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं – बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनीसँग २० लाख रुपैयाँ माग गरेको छ भने विदेश जान रोक लगाइएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधि सभाको असाधारण समर्थन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेकोसम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाको २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका छन् । आजको बैठकमा २७० जना उपस्थित थिए । प्रधानमन्त्रीलाई उनको दल नेकपा माओवादी केन्द्र,…

देउवालाई ओलीको प्रश्न– मैले तपाईंलाई गुरु मान्न नपाउने ?

प्रतिनिधिसभाको बैठकमा मुलुकका दुई ठूला दल कांग्रेस र एमालेका संसदीय दलका नेताबीच सवालजवाफ भएको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिने सन्दर्भमा भइरहेको छलफलको क्रममा कांग्रेस नेता देउवाले ओलीले हिजोको बैठकमा दिएको अभिव्यक्तिको आलोचनना गरेका थिए । ओलीको हिजोको अभिव्यक्तिभित्र यो…

प्रधानमन्त्री दाहालको निर्देशनपछि निगमले घटायो इन्धनको मुल्य

काठमाडौं – नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो ।

विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं – विदेशबाट मोबाइल फोन ल्याउन गरिएको कडाइलाई तत्काल कार्यान्वयनमा नल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन्। प्रधानमन्त्री प्रचण्डले बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई विदेशबाट ल्याइने मोबाइल फोनमा गर्न लागिएको कडाइ अहिलेका लागि कार्यान्वयनमा नल्याउन निर्देशन दिएका हुन्।…

एमाले र एकीकृत समाजवादी एकताको गृहकार्य सुरु, माधव नेपाललाई राष्ट्रपति बनाउन ओली तयार

काठमाडौं – नयाँ सत्ता समीकरण बनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भएसँगै एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाएर पार्टी एकता गर्नेसम्मको गृहकार्य तीव्र बनाएको छ । प्रचण्ड र नेपालसँग तिक्ततापूर्ण सम्बन्ध राख्दै आएका नेकपा…