सत्तामा जान नपाउँदा कांग्रेस पानीबिनाको माछा जस्तै भयो : केपी ओलि

काठमाडौं – सत्तारूढ दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरु सरकारमा जाने र सत्ताको लिप्सामा नभएको बताएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफूहरू सत्ता लिप्सामा नभएको भन्दै देशमा राजनीतिक अनिश्चय बढ्दै जाने देखेर आफूहरु सरकार निर्माणको पहल गरेको स्पष्ट पारे।

‘हामी जसरी पनि सरकार बनाउने सत्ता लिप्सामा थिएनौं। अनिश्चय बढ्दै गएको अवस्थामा एमालेले सरकार निर्माणको पहल गरेको हो । हामीले सत्ता दलले साझा न्यूनतम कार्यक्रम ल्याएका छौं । नयाँ सरकार गठन भएपछि जनतामा उत्साह प्रवाह भएको छ,’ उनले भने। सरकार निर्माणका लागि गठन भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकसमेत रहेका ओलीले यतिवेला नेपाली कांग्रेस पानी बाहिरको माछाजस्तै छट्पटाएको टिप्पणी गरे।

‘कांग्रेसले संसदमा खेलेको भूमिका विचित्रको छ। प्रधानमन्त्रीलाई विश्वासको मत दिएर एमालेविरुद्ध उम्मेदवारी दिन छाडेको छैन। अहिले कांग्रेसले आफूलई न सत्ता पक्ष न प्रतिपक्ष भन्न सकेको छ। कांग्रेस पानीबाहिरको माछा जस्तै भएको छ,’ उनले भने। अध्यक्ष ओलीले पुस १० मा आफ्नो पहलमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनेदेखि कांग्रेसमा छटपटी भएको जिकिर गरे।

‘कांग्रेसका मित्रहरुसँग सत्तामा विग्रह ल्याउने र अल्पकालिन लाभ लिने अनुभव राम्रो छ। मेरा मित्र देउवालाई आग्रह गर्न चाहन्छु–बृहत्तर राष्टिय हितमा काम गरौं। स्थायित्वको लागि योगदान गरौं। कोही पनि जालान्धर नबनौं’, उनले भने, ‘राष्ट्रलाई अस्थिरतातर्फ धकेल्दा कसैको पनि हित हुँदैन्। धमिलो पानीमा माछा मार्नेको मात्रै हित हुन्छ। आम नागरिक धेरै सचेत भएका छन्।’

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *