देउवालाई ओलीको प्रश्न– मैले तपाईंलाई गुरु मान्न नपाउने ?

प्रतिनिधिसभाको बैठकमा मुलुकका दुई ठूला दल कांग्रेस र एमालेका संसदीय दलका नेताबीच सवालजवाफ भएको छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने सन्दर्भमा भइरहेको छलफलको क्रममा कांग्रेस नेता देउवाले ओलीले हिजोको बैठकमा दिएको अभिव्यक्तिको आलोचनना गरेका थिए ।

ओलीको हिजोको अभिव्यक्तिभित्र यो प्रतिनिधिसभा पनि विघटन गर्न सकिने सन्देश लुकेको देउवाको भनाइ थियो । उनले संविधानमाथिको यिनै संकटलाई मध्यनजर गर्दै संविधानको रक्षाका लागि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बताए ।

देउवापछि छलफलमा सहभागी भएका ओलीले जवाफ दिँदै भने, ‘गुरुजी ! आफूले गरेका कुरा सम्झिनुस् । ०१७ सालमा मैले संसद् विघटन गरेको हो ? ०५१ मा मैले विघटन गरेको हो ? तपाईंले नै ०५८ साल असारमा संसद् विघटन गरेर असोज १८ र माघ १९ मा पुगेको होइन ?’

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *