एक इन्जिनियरको समाज चित्रण उपन्यास ‘अस्मिता ‘ !

–अखिल गैैैैरे

हालसालै बजारमा ‘अस्मिता’ नामको उपन्यासले वृहत चर्चा पाएको छ । पुस्तक विमोचन भएको २५ घण्टा बित्न नपाउँदै सयकडौं पाठकहरुले चर्चा गर्न थाले । यो चर्चित उपन्यासका लेखक हुन् डा. के.आर. दाहाल । पेशाले उनी इन्जिनियर भएतापनि भाषा साहित्य प्रति अति नै अभिरुचि राख्ने दाहालले आफ्नो इन्जिनियरिङ्ग शिक्षा भने तत्कालिन सोभियत संघको लेनिनग्राद (सेण्टपिटर्सवर्ग)को पिटर्सवर्ग स्टेट युनिभर्सिटी अफ इन्जिनियरिङ्गबाट माष्टर डिग्री हासिल गरेका हुन् । उपन्यासका बारेमा उनलाई सोध्दा उनी भन्छन्, ‘यो वर्तमानमा देशमा देखिएका तमाम विकृति विरुद्ध जन्मिएको एउटा विद्रोह मात्र हो । मनमा उथुलपुथुल भएका भावनाहरु पोख्दा पोख्दै उपन्यास बन्न गएको हो जस्तो लाग्छ ।

हुन पनि यो एउटा त्यस्तो पुस्तक हो जसमा सिंहदरबारभित्र भेटिने विकारहरु समेटेको छ । देशमा भएका कुरिति र कुशासनको विरुद्धमा ‘अस्मिता’ले वहस गरेको छ । यद्यपी यो सबैका लागि पाच्य भने नहुन सक्छ । किनकी यसले क्रिश्चियन धर्मका प्रचारक र हिन्दू धर्मका विरोधीहरुलाइृ कठोर प्रहार गरेको छ । त्यस्तै माओवादी जनयुद्धको बारेमा पनि कतिपय ठाउँमा व्यङ्ग्य प्रहार गरेको छ । उपन्यासले राजनीति र धर्म संस्कृति दुबै पाटाहरु समेटेको छ । अस्मिता उपन्यास अत्यन्तै सरल भाषामा लेखिएको छ । यो उपन्यासले खासगरी वि.सं. २०४० सालदेखि आजसम्म आइपुग्दा देशमा जे जे देखियो, सुनियो र भेटियो । त्यसको मिहिन विश्लेषण गरी कथानक रुपमा चित्रण गरेको पाइन्छ । प्रस्तुत उपन्यास ४१ अध्याय ३४२ पृष्ठमा अटाएको छ । विषयवस्तु गहन भएपनि सरल तरिकाले प्रस्तुत गरिएको छ । एकपटक यो उपन्यास राजनीतिकर्मी, प्रशासक, बुद्धिजिवी तथा सर्वसाधारणले पढेर ज्ञान लिनुपर्ने देखिन्छ । ‘अस्मिता’ उपन्यास पढेर म अति नै प्रभावित भएँ । आगामी दिनमा लेखकबाट सृजित अझै राम्रा कीर्तिहरु पढ्न पाइयोस् भन्ने आशा गर्दै उहाँलाई सफलताको शुभकामना दिन चाहन्छु ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *