संसद विघटनसम्मको तयारीमा ओली, मन्त्रिपरिषद् बैठक बोलाइयो

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।  एक मन्त्रीका अनुसार ओलीले आइतबार बिहान १० बजेपछि मन्त्रिपरिषद् बैठक बस्ने जानकारी गराइएको छ । यसअघि शनिबार पार्टीभित्र विवाद कायमै रहेका वेला ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका थिए । राष्ट्रपतिसँगको भेटमा ओलीले संसद् विघटन र मध्यावधी निर्वाचनमा जान सकिनेबारे छलफल गरेको शीतलनिवास उच्च स्रोतले जनाएको छ ।

ओलीको यस्तो तयारीपछि नेकपाका नेताहरु नै सशंकित बनेका छन् । नेकपाका एक सचिवालय सदस्यका अनुसार ओली गैरसंवैधानिक जस्तोसुकै कदम चाल्न तयारी अवस्थामा रहेको बुझिएको छ ।

त्यसका लागि ओलीले संसद विघटन, मध्यवधि निर्वाचन र संकटकाल लगायतका विकल्पमा आफूनिकटका नेताहरुसँग परामर्श गरेको ती नेताले बताएका छन् । सोही उद्देश्यअनुरुप ओलीले मन्त्रिपरिषद् बैठक बोलाएको बुझिएको छ । साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई समेत हाइअर्लट बस्न निर्देशन गरिएको बुझिएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *