उपत्यकामा ३८८ सहित ११२० जना कोरोना संक्रमित थपिए

काठमाडौं – पछिल्लो २४ घण्टामा उपत्यकामा ३८८ जना सहित थप ११२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ गरी ३८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससहित आज देशभर ३२० महिला र ८०० पुरुष गरी ११२० जना संक्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिए । यस्तै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *