कोरोना महामारीमा शुल्क नलिन क्रान्तिकारीको माग

काठमाडौ – पुर्वान्चल विश्वविद्यालयले सेमेस्टर अन्तर्गत स्नातक र स्नातकोत्तर तहको परिक्षा वैकल्पिक विधिबाट संचालन गर्ने भएको छ। विश्वविद्यालयले सूचना जारि गरि (टाइम–बाउन्ड होम एक्जाम) विधिबाट सेमेस्टर प्रणाली अन्तर्गत स्नातक र स्नातकोत्तर तहको परीक्षा लिने जानकारी गराएको हो। विश्वविद्यालय प्राज्ञिक परिषद्को आइतबार र कार्यकारी परिषद्को सोमबारको बैठकले असोज पहिलो साताबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ।

कोभिड १९ को महामारीका कारण विद्यार्थीहरू केन्द्रमा उपस्थित भएर परिक्षा दिन नसक्ने भएकाले सेमेस्टर अन्तर्गत स्नातक र स्नातकोत्तर तहको नियमित तर्फका परिक्षाहरु मात्र वैकल्पिक बिधिबाट संचालन गर्न लागिएको विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाले जानकारी दिए। स्थगित तथा संचालन हुन् बाँकी रहेका परिक्षाहरु २०७७ साल असोज महिनाको पहिलो हप्ताबाट संचालन हुने भएको हुँदा आफु अध्ययनरत क्याम्पस, कलेजमा सम्पर्क गर्नलाई बिद्यार्थीहरुलाई आग्रह गरिएको छ।

118701561 676325882974909 4652941780865681225 n

परिक्षा कार्यक्रम र परिक्शान संचालन सम्बन्धि निर्देशिका यथाशिघ्र प्रकाशित गर्ने समेत विश्वविद्यालयले जनाएको छ। त्यस्तै बार्षिक तर्फका नियमित तथा आंशिक र सेमेस्टर तर्फबाट आंशिक परिक्षाबारे पछि निर्णय हुने समेत विश्वविद्यालयले जनाएको छ। निरन्तर रुपमा भौतिक उपस्थितिमा हुने शैक्षिक प्राणलिको विकल्पमा डिजिटल प्रबिधिको प्रयोगबाट बैकल्पिक शिक्षण सिकाइ प्रक्रियाको सुरुवात गरिनुपर्छ र यस्को उपयुुक्त विकल्प खोजिनुपर्छ भन्ने विश्वविद्यालयमा क्रियासिल अनेरास्ववियू (क्रान्तिकारी) लगायतको निरन्तरको पहल र आवाजमा विश्वविद्यालय परिक्षा लिन त तयार भएको छ तर केहि शैक्षिक माफियाको चलखेलमा पैसा असुल्ने धन्दा पनि सुरु भएको अखिल (क्रान्तिकारी ) पु.बि. बि उपत्यका जिल्ला समितीका सचिब सबिन खड्काले बताए ।

‘बिश्वविद्यालयले लामो समयदेखी परिक्षा फर्म भराएर पनि परिक्षा गराउन नसकेका सबै विद्यार्थीका लागि बैकल्पिक बिधिबाट परिक्षाको प्रयोग हुनुपर्छ भन्ने संगठनको माग थियो । तर सबैको परिक्षा लिनुपर्नेमा केही विद्यार्थीहरुको मात्रै शुल्क असुलिका लागि जालो तयार गर्ने तरिकाको घुमाउरो शैलिबाट आएको बिभेदकारी र अन्यायपुर्ण निर्णय आपत्तिजनक छ । तत्काल निर्णय सच्याउदै सबै विद्यार्थीहरुले एकैसाथ online परिक्षा दिन पाउने बाताबरण निर्माण गर्न बिश्वबिद्धालय लाई गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौ’, खड्काले भने ।

pr1

आज एक विज्ञप्ति निकाल्दै सचिब खड्काले भनेका छन् ‘यसमा घुमाउरो शैलिमा बिगत लामो समयदेखि परीक्षा फर्म भरेर परिक्षाको तयारी गरेर बर्षौदेखि बसेका बिद्यार्थीहरुलाइ नै वर्गीकरण गरि यो महामारिको समयमा पनि शुल्क असुली गर्ने मात्रै प्रयोजन हो भन्ने शंका उत्पन्न हुने गरि रेगुलर विद्यार्थीको मात्र परिक्षा लिने र बाकी बिद्यार्थीहरुको लकडाउन पछि अर्को निर्णय गर्ने भन्ने जुन बिभेदपुर्ण, अब्यबहारिक तथा गैरजिम्मेवारि पुर्ण ढंगले थालिएको तयारी तथा जालोको घोर भत्सर्ना गर्न चाहन्छौ । चैत अगाडीनै परिक्षाहुने गरि परिक्षा फर्म भरेर परिक्षाको प्रतिक्षामा बसेका सबै बिद्यार्थीहरुलाइ समान हिसाबले शुल्क असुल्ने मात्रै नियत नराखी आम विद्यार्थीहरुको भबिष्यको गम्भीर चासो र चिन्ता सहित समान नीति, विधि र प्रक्रियामा सहभागी भएर सबैले परिक्षा दिन पाउने निर्णय गर्दै परीक्षा सन्चालन गर्न अखिल (क्रान्तिकारी) पुर्बान्चल बिश्वबिद्धालय उपत्यका जिल्ला समिती जोडदाररुपले माग गर्दछ’ ।

अन्यायपुर्ण र बिभेदकारी निर्णय नसच्चाउने अनि विभिन्न षड्यन्त्रहरु र बाहनाबाजि गर्दै आम विद्यार्थीहरुको भबिष्य र भावना संग खेलवाड गर्ने काम हुन्छ भने जस्तो सुकै कठिन कदम तथा आन्दोलनको लागि पनि क्रान्तिकारीहरु तयार भएको खड्काले बताए । यो महामारीको प्रतिकुल समयमा आन्दोलित हुन बाध्य नबनाउन र सबै फर्म भरिसकेका विद्यार्थीहरुले परिक्षा दिन पाउने बाताबरण निर्माण गर्न समेत खड्काले माग गरेका छन् ।

pr2

कान्तिपथ बाट साभार 

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *