राहत र पुर्नःस्थापना गरिदिन पहिरो पीडित नाम्फालीको माग

सिन्धुपाल्चोक – जिल्लाको जुगल गाउँपालिका वडा नं २ स्थित सानो नाम्फाका पहिरो विस्थापितहरुले तत्काल राहत र पुनस्थापनाको पहल गरिदिन माग गरेका छन् ।

गत असार २६ गते राति गएको भीषण पहिरोबाट पूर्ण रुपमा विस्थापित २९ घर परिवारले आफूहरुलाई स्थानिय सरकारले समेत बेवास्ता गरेको गुनासो गर्दै तत्काल राहतको माग गरेका हुन् । हिजो अनुगमन र सहजीकरणका लागि पुगेको नेपाल कम्युष्टि पार्टीका केन्द्रीय सदस्य माधव सापकोटा सुबोध सहितको पार्टी प्रतिनिधिसँग स्थानियले आफ्नो समस्या पोखेका हुन् ।
पहिरो पछि सानो नाम्फाका २९ घर परिवार ठूलो नाम्फामा अर्काको बारीमा अस्थाई टेन्ट हालेर बसेका छन् । त्यहाँ पनि सञ्चगाउँको ठूलो ढुंगा जुनसुकै बेला खसेर समस्या हुन सक्ने भन्दै विस्थापितहरु चिन्तित छन् । २०७२ सालमा गएको भूकम्पले बस्ती पूरै क्षति भएपछि सरकारले दिएको राहतको सदुपयोग गर्दै उनीहरुले घर बनाएका थिए । घरमा बसेको बर्ष वित्न नपाउँदै बस्तीको दुबैतर्फ पहिरो गएपछि र घरहरुको बीच बीचमा समेत चिरा परेपछि उनीहरु थातथलो छोड्न बाध्य भएका हुन् ।
हिजो भएको छलफलमा विस्थापितले तत्कालका लागि राहतका साथै स्थाई बसोबासको व्यबस्थाका लागि पहल गरिदिन आग्रह गरेका हुन् । उनीहरुले हाइड्रोपावरले समेत सुरुङ खन्ने क्रममा लापरवारी गरेको दावी गर्दै क्षतिपूर्तिको माग गरे ।
छलफलमा नेता सापकोटाले आफूहरु हरेक विपत्तिमा जनतासंगै रहेको स्पष्ट गर्दै यसपटक पनि सहयोग र सहजीकरण गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले सञ्चगाउँको ठूलो ढूंगा व्यबस्थापन गरिने बताउँदै हाइड्रोपावर सम्बद्ध अधिकारीहरुसँग पनि छलफलका लागि सहजीकरण गरिने बताउनुभयो । उहाँले पीडितको मागलाई सम्बोधन गर्न हाइड्रोपावर र सरकारसंग छिट्टै छलफल गरिने प्रतिवद्धता दोहोर्याउनुभयो ।
स्थानिय विस्थापितहरुसंग भएको छलफलमा नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा सुबोध सहित सहित नेकपा जुगल गाउँपालिकाका अध्यक्ष पदम श्रेष्ठ, सहइन्चार्ज रेशम स्याङ्बो, सचिव लक्ष्मण दोङ्, नेता जेपी सिलवाल लगायत सहभागि हुनुभएको थियो । छलफलका सहभागिले दुःखका बेला सम्झेकोमा नेतृत्वलाई धन्यवाद ज्ञापन गदै आफ्ना मागबारे गम्भिर भइदिन विशेष आग्रह गरेका थिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *