महाकाली बिर्साउने एमसिसी सम्झौता नगर्न अनेरास्ववियूका नेता रविन जङ्गको चेतावनी

काठमाडौँ – अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा काठमाडौँमा नेकपा निकट अनेरास्ववियू ले प्रदर्शन गरेको छ।

एमसीसीको विरोधमा बुधबार दिउँसो अनेरास्ववियूका नेताहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनीहरुले ‘एमसीसी अस्वीकार गरौँ’, ‘एमसीसी खारेज गर’, अमेरिकी साम्राज्यवाद मुर्दावाद’ सहितका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । विरोधमा संलग्न विद्यार्थी नेता रबिन जङ बस्नेतले एमसिसी महाकाली सन्धि भन्दा राष्ट्रघाती भएकोले देशको राष्ट्रियता र सार्वभौम सत्ताको रक्षाको लागि विरोध गर्नु परेको बताए ।

उनीहरुले सडकको बिचमै बसेर प्रदर्शन गरेका हुन् । उनीहरुले आन्दोलन जारी रहने बताएका छन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *