वडाका गतिविधि पारदर्शी नभएको भन्दै मेलम्ची २ का युवाहरूले बुझाए ज्ञापनपत्र

सिन्धुपाल्चोक – मेलम्ची नगरपालिका वडा नम्बर २ ज्योतिष गाउँका युवाहरुले वडामा भएका सम्पुर्ण गतिविधि सबैको पहुँचसम्म पुग्नुपर्छ भन्दै वडा कार्यालयमा हिजो ज्ञापनपत्र बुझाएका छन् ।
सुशासनको मुल मर्मलाई ख्याल गर्दै विकसित समाज निर्माणको अवधारणामा ईट्टा थप्ने उद्देश्यले स्थानियले मेलम्ची नगरपालिका वडा नम्बर २ बाट करिब २५० जनाको हस्ताक्षर सहित उपभोक्ता समिती र बजेटको विवरण वडाको आधिकारिक फेसबुक र वेवसाईट मा अनिवार्य राख्न पर्ने माग अनुरुपको पत्र वडा सचिव प्रेम लाल मल्ल र वडा सदस्य गोमा दुलाललाई हस्तान्तरण गरि वडा कार्यलयमा दर्ता गराईएका छन।

आधिकारिक बैठक बसि आधिकारिक छलफलमा बोलाउने वडा सचीव प्रेम लाल मल्लले पत्र बुझेपछि हामीलाई बताउनु भयो स्थानिय अनिस खतिवडाले भन्नुभयो। दिपक दुलालको नेतृत्वमा वडाबासी युवाहरुको टोलीले यो भन्दा पहिला पनि वडामा हुने कार्यक्रम, विकास निर्माण, योजना उपभोक्ता समिति र बजेट सहितको विवरण वेवसाइट र फेसबुक पेजमा अनिवार्य रुपमा राख्नु पर्ने माग राख्दै आएको थियो । वडा कार्यलयले कुनै चासो नदिएका कारण आज ज्ञापन पत्र बुझाउन बाध्य भएको स्थानिय शंकर खतिवडाले बताउनुभयो।

वडामा हुने हरेक गतिविधिहरु प्राविधिक माध्यमबाट बाहिर आएर सञ्चार हुनुपर्ने माग अभियन्ता मध्येका एक पारसमणि खतिवडाले ग्लोवल खवरलाई वताउनुभयो।। वडामा हुदै आएका कामहरु वडा कार्यलयमा फोटोकपी गरेर भित्तामा टासिदै आएको छ ।
वडाले टासेको सुचना सबैले थाहा नपाउने र टासिएको केही समयमा नै च्यातेर फालिने भएकाले अब इन्टरनेटको माध्यमबाट सुचना प्रवाह गर्नु पर्ने स्थानिय मधुकर चौलागाईले वताउनुभयो। उनले भने अहिले सबैको हात हातमा स्मार्ट फोन छ । हाम्रो वडामा हुने हरेक सुचना गाउँमा बस्ने मान्छेले मात्र थाहा पाएर हैन विश्वका हरेक कुनामा बस्ने मान्छेले थाहा पाउनुपर्छ । अब बन्द कोठामा बसेर बनाइने उपभोक्ता समितिको परिपाटीको अन्त्य गर्नको लागि पनि डिजिटल सुचना प्रवाह कोशे ढुङ्गा सावित हुने कुरा यस अभियानमा अग्रपंक्तिमा रहि नेतृत्वदायी भुमिका खेल्नु भएका दिपक दुलाल ले बताउनुभयो ।

हिजोवाटै उहाको अगुवाइमा थर्मल गनको प्रयोग गरि वडा बासिको ज्वरो जाँच गर्न पनि शुरु गरियको छ। “स्वास्थ्य नै धन हो” भन्ने मुल मर्मलाई आत्मसाथ गरि कोरोनाको माहमारी बढ्दै गरेको अवस्थामा वडाबासिको स्वास्थ्यको ख्याल राख्दै हिजो बाट मेलम्ची नगरपालिका वडा नम्बर २ का प्रत्येक घर दैलोमा पुगि सामाजिक दुरि कायमका साथ थर्मल गनको प्रयोग गरि ज्वरो नाप्ने कार्यको थालनी गरिएको कुरा हामी संग एक समाजिक युवा मधुकर चौलागाईंले बताउनु भयो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *