दुखी प्रकाशनद्वारा आयोजित बागमती प्रदेशस्तरीय प्रतियोगिताका लागि बैशाखभित्र कविता पठाउनुपर्ने

काठमाडौ – दुखी प्रकाशनको आयोजनामा हुने दोस्रो बृहत सिन्धु साहित्य सम्मेलन अन्तर्गत हुन लागेको बागमती प्रदेश स्तरीय कविता प्रतियोगिताका लागि २०७७ बैशाखसम्म आफ्नो रचना पठाउने मिति तोकिएको छ ।

सम्मेलन मूल आयोजक समितिको निर्णयअनुसार वैशाख ३१ गते भित्र आएका कवितालाई मात्रै प्रतियोगितामा समावेश गराइनेछ । सम्मेलन यसअघि वैशाख २५ र २६ गते गरिने तय गरिएको थियो । महामारीको रुपमा विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि कार्यक्रम स्थगित गरिएको आयोजक दुःखी प्रकाशनले जानकारी दिएको छ ।

लकडाउनपछि अर्काे सूचना जारी गरेर कार्यक्रमको मिति तय गरिने भए पनि कविता पठाउने अन्तिम मिति भने यही बैशाख मसान्त तोकिएको दुःखी प्रकाशनका अध्यक्ष सुरेश कसजूले जानकारी दिए ।

बागमती प्रदेशभित्रका कविहरुले सहभागिता जनाउन पाउने उक्त प्रतियोगिताका लागि वैशाख ३१ गते ४ बजेभित्र कविहरुले आफ्नो बायोडाटासहित कविता सम्प्रेषण गर्नुपर्नेछ । कविता पठाउँदा कविले प्रिती फन्टमा टाइप गरि इमेलामार्फत पठाउनुपर्ने र कविता पठाउँदा नाम, ठेगाना, फोन नम्बर स्पष्ट रुपमा खुलाउनुपर्ने आयोजकले जनाएको छ ।

कवितामा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः नगद ३०,००० (तीस हजार), २०,००० (बीस हजार) र १०,००० (दश हजार) का साथै प्रमाणपत्र प्रदान प्राप्त गर्नेछन् । कविता दुई चरणमा मूल्यांकन हुनेछ । पहिलो चरणबाट मूल्यांकनबाट छनोट भएका १३ कविलाई वाचनका लागि बोलाइने अध्यक्ष कसजूले जानकारी दिए । कविता poemcompetition.sslc@gmail.com मा पठाउनुपर्नेछ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *