माइक्रोबायोलोजिस्टको टोली कैलाली फिल्डमा, त्रि.वि. को PCR चलाउन माग

काठमाडौ – राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको अगुवाईमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद(NHRC), EDCD, नेपाल सरकार स्वास्थ्य मन्त्रालय र अन्य संस्थाहरुको सहयोगमा कोविड १९ को Active Survillence का लागि उपलब्ध Rapid Test किट को Validation परिक्षण गर्नका लागि उक्त कार्य नसकिने अवधी सम्मको लागी माइक्रोबायोलोजि सङ्घर्ष समितिका महासचिव अनिल साहको नेतृत्वमा माइक्रोबायोलोजिस्टको टोली सुदुरपश्चिम प्रदेश कैलाली जिल्ला प्रस्थान गरेको जानकारी माइक्रोबायोलोजि सङ्घर्ष समितिका अध्यक्ष सन्जिब धिताल ले दिनुभयो । टोलीले नेपाल सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागद्वारा नेपाल स्वास्थ्य अनुसन्धान परिषद (NHRC) का लागि सुदुरपश्चिम प्रदेशमा COVID-19 परिक्षणका लागि उपलब्ध गराएको PPE, Sanitizar, COVID Antibody Test Kit लिएर कैलाली प्रस्थान गरेको छ ।
उनका अनुसार फिल्डमा खटाइएको उक्त टोलीले सोही स्थानमा Rapid Test किट मार्फत COVID-19 Test गर्नेछ भने त्यहाँ क्वारेन्टाइनमा रहेका सबै मानिसको नमुना संकलन गरि राजधानी ल्याउने छ ।
अध्यक्ष धितालका अनुसार “नेपालमा पनि कोरोना भाईरसको सङ्क्रमण दोश्रो चरणमा प्रवेश गरे संगै हामी सबै थप चनाखो बन्नु पर्ने देखिन्छ”। छोटो समयमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद(NHRC) को समन्वयमा टोली फिल्डमा खटिएको छ । कोरोना महामारीको यो बेलामा हामी सरकार सहयोग गर्न चाहन्छौ । नेपाल सरकारको निर्देशन आउने बित्तिकै हिजो हामी फिल्डमा खटियौ फेरी निर्देशन आउने बित्तिकै उपस्थित हुने जनकारी गराउन चाहन्छौ ।
यो सँगसङ्गै Molecular Biology मा काम गर्न सक्ने माइक्रोबायोलोजिस्ट साथीहरु वा केहि समय तालिम लिएर काम गर्न सक्ने माइक्रोबायोलोजिस्ट साथीहरु सम्मेलित टोली बनाउने काम गर्दैछौँ , जुन टोलीले देशभरि जुनसुकै स्थानमा गएर Lab Diagnosis मा संलग्न हुन सकोस भनेर कोविड्-१९ COVID-19 Lab Diagnosis , RNA extraction, RT-PCR को बारेमा छोटो अनलाईन तालिमको ब्यबस्था गर्दैछौ । त्रि.वि. केन्द्रीय माइक्रोबायोलोजी विभागमा किट उपलब्ध भए संगै विभागमा त्यसको Validation परिक्षण गर्नेछौ।

त्रि.वि. को PCR प्रयोगमा ल्याउनुपर्छ !!!
अध्यक्ष धितालका अनुसार “जनशक्ति र उपकरण अभावमा कोरोना परीक्षण प्रभावकारी बनाउन हालको अवस्थामा त्रिभुवन विश्वविद्यालयको ल्याब र जनशक्ति प्रयोगमा ल्याउन सकिन्छ” । माइक्रोबायोलोजी पढेका सबै विद्यार्थीलाई रियल टाइम पीसीआर बारे प्रयोगात्मक र सैद्धान्तिक ज्ञान छ । त्रि. वि का प्रयोगशालामा उच्च सुरक्षा सतर्कता अपनाएर कोभिड–१९ को परीक्षण गर्न सकिने उनले बताए । हाल त्रिविमा मात्रै ३ वटा पीसीआर मेसिन छन्। भएजति सबै PCR मेसिन प्रयोगमा ल्याउनु पर्छ। त्रि.वि.का केन्द्रीय माइक्रोबायोलोजी र बायोटेक्नोलोजी विभागमा रियल टाइम PCR मेसिनसहित, कन्भेन्सनल PCR र Biosafety Cabinet सहितको प्रयोगशाला रहेको उनि बताउँछन्। यसका लागि Sample Processing Unit पनि छ । COVID-19 Lab Diagnosis , RNA extraction को काम हामी गर्न सक्छौं। मेसिनले ४ घन्टामा ९० वटा स्याम्पल परीक्षण गर्न सक्छ तर कोरोना स्पेसिफिक प्राइमर प्रोभ, पीपीई र मास्क भने सरकारले उपलध गराउनु पर्ने उनले बताए।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *