विद्यार्थी नेताको सक्रियतामा ब्लड क्यान्सर पीडितको उपचारका लागि आर्थिक सहयोग संकलन

चौतारा– अनेरास्ववियू सिन्धुपाल्चोकको संयोजक मिलन लामा लगाएतका विद्यार्थीहरुको संयोजनमा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ इर्खु निवासि ब्लड क्यान्सर पिडित रितु गोले तामाङको उपचारार्थ चौतारा बजारमा आर्थिक सहयोग संकलन गरिएको छ ।

२२ वर्षको सानै उमेरमा ब्लड क्यान्सर जस्तो प्राणघातक रोगबाट पिडित भई पाटन अस्पतालको शैयामा मृत्युसँग लडिरहेकि रितु गोलेको पारिवारको आर्थिक अवस्था कमजोर भएपछि पिडितको परिवारले सहयोगको अपिल गरेसंगै विद्यार्थीहरुले स्वच्छिक रुपमा आर्थिक सहयोग अभियान चलाएका हुन् ।

सहयोग अभियान अन्तर्गत मंगलबार चौतारा बजारबाट ५०८०० (पचास हजार आठ सय रुपैया) संकलन गरिएको र अझै केहि दिनसम्म अभियान सञ्चालन गरिने हुदाँ सकेको सहयोगका लागि अभियानमा संलग्न बिद्यार्थीहरुले आव्हान गरेका छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *