प्रधानमन्त्रीले सचिवालयको निर्णय मान्नैपर्छ : प्रचण्ड

चितवन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बामदेव गौतमलाई राष्ट्रियसभामा मामोनित गर्ने निर्णय प्रधानमन्त्रीले मान्ने विश्वास व्यक्त गरेका छन् ।

गौतमबारे सचिवालयले सर्वसम्मत निर्णय गरेको भन्दै उनले भने, प्रधानमन्त्रीजीले मान्नैपर्छ, उहाँले मान्नुहुन्छ । तपाईहरुले एक दुई दिनमा थाहा पाइहाल्नुहुन्छ ।’

उनले अघि भने, ‘उहाँ र मेरो संयुक्त अध्यक्षतामा बसेको सचिवालय बैठकले सर्वसम्मत गरेको निर्णयलाई उहाँले अवज्ञा गर्नुहुन्छ भन्ने म कल्पना पनि गर्न सक्दिनँ । त्यसैले गर्नु भएन भने के भन्नेतिर म अहिले जान चाहन्नँ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *