कान्ति बचत तथा ऋण सहकारीद्वारा निशुल्क स्वास्थ शिविर संचालन

काठमाडौ – कान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड, लायन्स क्लब अफ काठमाडौ माकलबारी, माकलबारी टोल सुधार समिति, लायन्स क्लब अफ काठमाडौ गोकर्णेश्वर, प्रगति महिला समुह, सिद्दार्थ महिला समुह, स्वाबलम्बी महिला समुह, नेपाल बुद्दिस्ट तामाङ सुधार समिती लगायतका संस्थाहरूको संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य शिबिर तथा पानी वितरण कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौको उत्तरी भेगमा रहेको गोकर्णेश्वर मन्दिरमा कुशे औंसिका अवसरमा लाग्ने मेलामा आउने भक्तजनहरुको स्वास्थलाई ध्यानमा राखी स्वास्थ शिविर संचालन गरेको कान्ति बचत तथा ॠण सहकारी संस्थाका अध्यक्ष गोपाल बस्नेतले जानकारी दिनुभयो ।

सहकारीले आफ्नो स्वास्थ्यप्रति सधै सजग रहनुपर्छ भन्ने सन्देश सहित लाईन्स क्लब लगायतका विभिन्न संघ संस्था हरुसँगको सहकार्यमा स्वास्थ्य शिबिर संचालनमा ल्याएको सहकारीका अध्यक्ष बस्नेतले बताए । उनले भने, ʽसंस्थाको सामाजिक उत्रदायित्व अन्तर्गत पनि सहकारीले विभिन्न संघ संस्थाहरू सँग समन्वय गरेर शिबिर संचालन गरेको हो । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व पुरा गर्न निरन्तर लागिरहने छौ ।ʼ सेवा नै धर्म हो भनेर सहकारीले निशुल्क स्थास्थ्य शिबिर संचालनमा ल्याएको पनि उनले बताए ।

सोही अवसरमा लायन्स क्लब अफ काठमाडौ गोकर्णेेेश्वरद्वारा निर्मित यात्रु प्रतीक्षालयको उद्घाटन समेत गरिएको थियो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *