भारतसँग छिट्टै युद्ध हुनसक्ने पाकिस्तानको चेतावनी

इस्लामाबाद – पाकिस्तान सरकारका एक मन्त्रीले अबको दुई महिनापछि नै भारतसँग युद्ध हुनसक्ने बताएका छन् ।

रेलमन्त्री शेख रसिद अहमदले आगामी अक्टोबरको अन्त्य वा नोभेम्बरदेखि डिसेम्बरसम्ममा भारतसँग युद्ध हुनसक्ने बताएका हुन् । अहमदले पत्रकारहरुसँग प्रतिक्रिया दिँदै शुक्रबार यस्तो आंकलन गरेका हुन् ।

साथै उनले जनतालाई तयार रहन समेत सचेत गराएका छन् । कश्मीरका जनताले पाकिस्तानबाट यस्तो अपेक्षा गरेको पनि उनको दावी छ । भारतीय अधिकारीहरुले भने पाकिस्तानको तर्फबाट गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आएको प्रतिक्रिया दिएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *