विश्वलाई २० प्रतिशत अक्सिजन दिने अमेजनको जंगल आगलागीबाट नष्ट

ऎजेन्सी – झण्डै तीन हप्तादेखि अमेजन नदीको वर्षा जंगलमा फैलिएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । अहिलेसम्म ४७ हजार वर्ग किमी जंगल जलेर नष्ट भैसकेको छ ।

झण्डै ५५ लाख वर्ग किमीमा फैलिएको अमेजनको जंगललाई ‘धरतीको मुटु’ मानिन्छ । यही जंगलबाट विश्वलाई आवश्यक पर्ने २० प्रतिशत अक्सिजन प्राप्त हुन्छ ।उता आगलागीको लागि ब्राजिलका राष्ट्रपति जेर बोल्सोनारोले पर्यावरण संरक्षणमा काम गरिरहेको गैर सरकारी संस्थामाथि आरोप लगाएका छन् भने पर्यावरणविद्हरुले भने राष्ट्रपतिको नीतिको आलोचना गरेका छन् ।

ब्राजिलको राष्ट्रिय अन्तरिक्ष शोध संस्था (आईएनपीई) का अनुसार गएको जनवरीदेखि अहिलेसम्म जंगलमा आगलागी भएका ७४ हजारभन्दा बढी मामिला दर्ता भएका छन् । सन् २०१८ को पुरै महिनामा ३९ हजार आगलागीका घटना दर्ता भएका थिए । आगोको कहर पूरै देशमा देखिएको छ ।

अमेजन नदीको जंगलदेखि झण्डै ३२०० किमी टाढा रहेको ब्राजिलको साओ पाउलोमा पनि दिउँसोको समय सूर्य देखिएको छैन । धुँवाको कारणले पुरै अँध्यारो छाएको छ ।    

विश्वको एक तिहाइ मुख्य वन यहाँ रहेको छ, जसले हरेक वर्ष ९० देखि १४० अर्ब टन कार्बन सोस्ने गर्दछ । जसका कारण ग्लोबल वार्मिंग रोक्न मद्दत पुगिरहेको छ ।

यो  जंगलमा ३० हजार प्रजातिका वृक्ष, २५ सय  प्रकारका माछा, १५ सय प्रकारका चराचुरुङ्गी, ५ सय प्रकारका स्तनधारी, ५५० प्रकारका सरीसृप र २५ लाखभन्दा बढी प्रकारका किराहरु रहेका छन् ।

गएको २० वर्षमा २ हजार २ सय नयाँ बोटविरुवा र जीवहरु यहाँ खोजिएका छन् । ६ हजार ९ सय किमीमा बग्ने अमेजन नदी विश्वको दोस्रो ठूलो नदी हो ।

अमेजनमा लागेको आगोलाई लिएर विश्वभरि नै चिन्ता बढेको छ । सामाजिक सञ्जालमार्फत पनि आगलागी रोक्नको लागि अपिल गरिएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *