प्रधानमन्त्री ओली उपचारका लागि १५ दिन सिंगापुर बस्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि पुनः सिङ्गापुर प्रस्थान गरेका  छन् । आज थाई एयरको उडान नम्बर जिटी ३२० बाट  प्रधानमन्त्री ओली सिंगापुरका लागि प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । स्वास्थ्य परीक्षणका सिलसिलामा ओली यो पटक १५ दिन सिंगापुरमा बस्ने जनाइएको छ । ‘चिकित्सकको सुझावअनुसार स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री सिङ्गापुर जानुभएको हो’ प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली भदौ २० गते थाई एयरको उडान नम्बर जिटी ३१९ बाट अपरान्ह १२ बजेर २५ मिनेटमा स्वदेश फर्किने जनाइएको छ ।   यसअघि ओली साउन १८ गते स्वास्थ्य परीक्षण गराई साउन २७ गते स्वदेश फर्किएका थिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *