इटालीका प्रधानमन्त्री कोन्टेले दिए राजीनामा 

काठमाडौ – इटालीका प्रधानमन्त्री ग्युसेप कोन्टेले राजीनामा दिएका छन् । उनले मंगलबार आफ्नो राजीनामा राष्ट्रपति सेर्जिओ माट्टारेलालाई बुझाएका छन् ।

कोन्टेले गृहमन्त्री माट्टिओ साल्भिनाले इटालीको आवश्यकता विपरित आफ्नो उनको नेशनल लिग पार्टीलाई महत्व दिन खोजेको आरोप लगाउँदै पदबाट राजीनामा दिएका हुन् । उनले नेशनल लिग पार्टीका नेतासमेत रहेका गृहमन्त्री साल्भिनीले सरकारका कामहरुलाई अवमूल्यन गर्न खोजेकोले यस कदमलाई रोकेको बताएका छन् ।

उनले भने, “इटालीको राजनीतिक संकट सिर्जना हुनुमा गृहमन्त्री साल्भिनी जिम्मेवार छन् । उनले सरकारलाई आफ्नो व्यक्तिगत र पार्टीको स्वार्थका लागि प्रयोग गरे ।” नेशनल लिग पार्टीले प्रधानमन्त्री कोन्टेविरुद्ध अविश्वासको प्रस्तावसमेत पेश गरेको थियो । त्यसअघि नै प्रधानमन्त्री कोन्टेले राजीनामा दिएका हुन् ।
राष्ट्रपति सेर्जिओ माट्टारेलाले बुधबार राजीनामा स्वीकार गरेका छन् । र, उनले तत्कालीन राजनीतिक संकटको निकास खोजिरहेका छन् । राष्ट्रपति माट्टारेलाले प्रधानमन्त्री कोन्टेलाई समाधानका नयाँ विकल्प नआउन्जेलसम्म कामचलाउ प्रधानमन्त्रीका रुपमा हेरिदिन आग्रह गरेका छन् ।
यस समयमा युरोपियन कमिसनका लागि इटालीबाट प्रतिनिधित्व गर्ने व्यक्तिको नाम मनोनित गर्ने सक्नेछन् । साल्भिनीले भने पदत्याग गरेका छैनन् । उनले मंगलबार आफू सरकारलाई निरन्तररुपमा अघि बढाउन तयार रहेको र सन् २०२० को बजेटमा कर कटौतीलाई पारित गर्ने बताए । तर, संविधानविद्हरुले भने कामचलाउ सरकारले बजेट पास गर्न नमिल्ने र यो अस्वभाविक हुने बताएका छन् ।
अहिलेको संसद भंग गर्ने अधिकार राष्ट्रपति माट्टारेलासँग मात्रै भएकोले नयाँ निर्वाचन हुने कुनै सम्भावना छैन । उनले आफ्नो निर्णय गर्नुपूर्व दुबै सदनका सभापतिसँग छलफल गर्नुपर्छ । गत वर्षको निर्वाचनपछि नयाँ सरकार गठनका लागि लामो समय परामर्श तथा छलफल चलेको थियो ।
रोयटर्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *