महिला समाज पोर्तुगलको  आयोजनामा लिस्बनमा भब्य तीज कार्यक्रम सम्पन्न

लिस्बन–   नजिकिदैं गरेको तिज पर्वको अवसरमा १८ अगस्ट  आइतबार लिस्बनमा तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ। महिला समाज पोर्तुगलको आयोजनामा राजधानी लिस्बन स्थित मार्तिम मुनिज पार्कमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा हर्ष र उल्लास मय बातावरणमा मुलत लिस्बन वरपरका नेपाली नारि तथा दाजुभाइ हरुको ठुलो संख्यामा उपस्थिति रहेको थियो। मार्तिम मुनिज पार्कमा दिदिबहिनीहरु कम्मर मर्काएर नाच्दै रमाईलो गरे। केही बिदेशीहरु समेत रमाईलो मान्दै तिजका गीतहरुमा नाचेका थिए ।

तीज विशेष  सास्कृतिक कार्यक्रममा महिला समाज पोर्तुगलले निर्माण गरेको  गीति  एल्बम विमोचन गरिएको समाजकि सचिब सीता ढकाल सुवेदीले बताउनु भयो ।
गायक किरण दीपको  लय तथा पुर्णकला बिसिको स्वरमा तिज गीति एल्बम “रातो सारी लगाउने लर्काएर हो  वर्ष  दिनको तीज मनाउने दर खाएर हो “सार्वजनिक भएको सचिब सीता सुवेदी ढकालले जानकारी दिनुभयो ।

सचिब सीता सुवेदी ढकालले महिला समाजले पोर्तुगलमा विभिन्न समयमा सामाजिक काम गर्दै आएको र आगामी दिनमा झन प्रभावकारी बनाउदै जाने समेत बताउनुभयो ।

नेपाली कला र लोक संस्कृतीको संरक्षण, संम्बृद्धन र प्रर्बद्धन गर्ने तथा प्रवासमा रहेका नेपाली दिदीबहिनी र दाजुभाईहरु बिचको भावनात्मक एकतालाई प्रगाढ बनाउने उद्धेश्यले तीज बिशेष कार्यक्रमको आयोजना गरिएको समाजकी अध्यक्ष निर्मला खराल ढकालले जानकारी दिनुभयो ।

निर्मला ढकाल खरालको सभापतित्वमा  कार्यक्रमका प्रमुख अतिथि पर्यटन दुत रमेश कुमार गुरुङ  , विशेष अतिथि आइ सि सि सदस्य  नरेन्द्र हमाल , छिरिङ शेर्पा   , विभिन्न संघ संस्थाका अध्यक्ष ज्युहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन सचीव सरला तिमल्सिना र सरिता शर्माले गर्नुभएको थियो।

प्रवासमा भोगेका तिता मिठा अनुभव , दुख , पीडा लाई बिर्सदै दिदिबहिनीहरु बिच घुलमिल हुन पाउदा खुसी लागेको छ । चाडवाड्को बेलामा घर परिवार नेपालको धेरै याद आउदो रहेछ । यस्ता खालको कार्यक्रमले नेपालमै पुगेको छु जस्तो लाग्दो रहेछ । आफन्तको बिचमा छु जस्तो लाग्दो रहेछ । तिज विशेष महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा महिला समाजप्रती धेरै आभारी छु । मोनिका भुसाल ` दुलालले ´ग्लोबल खबरको जिज्ञासामा बताउनुभयो ।

कार्यक्रममा रास्टिय   कलाकार सुमि घिमिरे सापकोता,जे बि ओलि  अर्जुन सापकोटा , किरन दीप राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युरोप शाखाका ख्याती प्राप्त कलाकारहरुबाट बिशेष सांगितीक प्रस्तुती रहेको थियो ।

कार्यक्रमका केही तस्बिरहरु 

Leave a Reply

Your email address will not be published. Required fields are marked *