माइक्रोबायोलोजीस्टद्वारा परिषद घेराउ, १५ दिन भित्र निश्कर्षमा पुगिने (सहमती पत्र सहित)

काठमाडौं -त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा स्नातकोत्तर अध्ययन गरेका माइक्रोबायोलोजिस्टद्वारा नेपाल स्वास्थ्य व्यवसायी परिषद घेराउ गरेका छन । अस्पतालजन्य संक्रमण र सरुवारोग नियन्त्रणका लागि उत्पादित माइक्रोबायोलोजिस्ट जनशक्ति परिषदमा दर्ता हुन नसक्दा उनीहरू आन्दोलित भएका छन् ।

तर आजको घेराउ कार्यक्रम पश्चात माइक्रोबायोलोजी सङ्र्घर्ष समिती र परिषद बिच भएको वार्तामा १५ दिन भित्र परिषदको आगामी बैठकमा सङ्र्घर्ष समितीले पेश गरेको माग पत्र माथि छलफल गरी निश्कर्षमा पुग्ने सहमती भएको छ ।

आन्दोलनको स्वरूप अनुसार कहिले कालोपट्टी बाँधेर पढने। कहिले माइतीघर मण्डलामा भेला हुने, कहिले त्रि चन्द्र क्याम्पस अगाडि प्रदर्शन गर्ने गरेका आन्दोलित विद्यार्थी आज परिषद घेराउ गर्न पुगेका थिए ।अब पनि हाम्रो माग सुनुवाइ भएन भने वाद्या भएर तालाबन्दी गर्ने माइक्रोबायोलोजी सङ्घर्ष समितीका अध्यक्ष सन्जिब धितालले बताए ।

आन्दोलनरत माइक्रोबायोलोजी सङ्घर्ष समितीका अध्यक्ष सन्जिब धिताल भन्छन्, ‘लाखौं खर्च गरी ६ वर्ष पढेका जनशक्ति भने खेर गइरहेका छन् । भारतबाट पढेर आएका माइक्रोबायोलोजिस्टले लाइसेन्स पाउने, हामीलाई किन विभेद ।’धितालका अनुसार विभिन्न निजी तथा सरकारी अस्पतालहरुमा मेडिकल माइक्रोवायोलोजी अध्ययन गरेका विद्यार्थीहरुको लागि जागिरको अवसर खुलिरहेको हुन्छ । तर, त्यसमा आवदेन दिनबाट वञ्चित छन् । ‘विभिन्न अस्पतालहरुमा मेडिकल माइक्रोवायोलोजीको लागि भ्याकेन्सी खुल्छ, विदेशमा त्यहि विषय पढेर आउनेले आवेदन दिन पाउँछन्,’नेपालकै विश्वविद्यालयका क्याम्समा पढेर पनि पढाइ अनुसारको काम गर्न पाइरहेका छैनन । माइक्रोबायोलोजी अध्ययन पुरा गरेका झन्डै २५ सय विद्यार्थीहरु आफ्नो अध्ययन अनुसारको काम गर्नबाट बञ्चित भएका छन् ।आन्दोलित विद्यार्थीहरुले आफ्नो अध्ययन अनुसारको काम गर्न नपाउनुको कारण हो, नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लाइसेन्स नदिनु ।

‘माइक्रोबायोलोजी पढेका विद्यार्थीले अस्पतालहरुमा काम गर्नको लागि नेपाल स्वास्थ्य व्यवसायी परिषद्बाट लाइसेन्स लिनुपर्छ, स्वास्थ्यक्षेत्रमा काम गर्ने भएकाले लाइसेन्स लिएर मात्र काम गर्नुपर्छ, यो राम्रो कुरा हो,’माइक्रोवायोलोजी सङ्घर्ष समितीका अध्यक्ष धितालले भने, ‘तर हामीलाई परिषद्ले लाइसेन्स दिनै मान्दैन, लाइसेन्स नहुँदा कतिपय अस्पतालहरुमा भ्याकेन्सी खुल्दा हामीले आवेदन दिन पाइरहेका छैनौं ।’

माइक्रोवायोलोजीमा क्लिनिकल र मेडिकलमा स्नातकोत्तर अध्ययन गरेका जनशक्तिले अस्पतालमा हुने संक्रमणजन्य रोग न्युनीकरणको काम गर्न सक्छन् । माइक्रोबायोलोजिस्टहरुले बिरामीको उपचारमा प्रयोग हुने औजार उपकरण, अस्पतालको वातावरण (बिरामी पोस्ट अप वर्ड) र साधन उपचार कक्ष र शल्यक्रिया कक्ष पूर्ण संक्रमण मुक्त छ कि छैन भनेर अनुगमन , अध्ययन गर्ने र त्यो संक्रमित जीवणु एन्टिबायोटिक प्रतिरोधि हो होईन भनेर प्रयोगशालामा परिक्षण गर्ने गर्छन् ।
यसरी प्राप्त गरेको नतिजाको आधार अस्पतालजन्य संक्रमणलाई न्यूनीकरण गर्न सकिन्छ । तर अस्पतालजन्य संक्रमण घटाउने कार्य गर्ने जनशक्ती भने लाइसेन्स नपाउँदा वेरोजगार बनेर बस्न बाध्य भएका छन् ।

त्रिभुवन विश्वविद्यालय र नेपाल स्वास्थ्य व्यवसायी परिषद्बीच समन्वय अभावले नेपालमा माइक्रोवायोलोजी पढेका झन्डै २५ सय विद्यार्थीहरु अध्ययनको प्रमाणपत्र सिरानी हालेर बस्न बाध्य भएका छन् । परिषद् र त्रिविसँग माइक्रोवायोलोजी अध्ययन पुरा गरेका तथा अध्ययनरत विद्यार्थीहरुले लाइसेन्स लिने व्यवस्था मिलाउन पटक–पटक आग्रह गर्दासमेत लाइसेन्स नपाएपछि अहिले देशभरका माइक्रोवायोलोजी अध्ययन पुरा गरेका र अध्ययन गरीरहेका विद्यार्थीहरु आन्दोलित छन् । आफ्नै देशमा अध्ययन गरेका माइक्रोवायोलोजीका विद्यार्थीलाई सरकारले वेवास्ता गरेको अरोप उनीहरुको छ ।

स्वास्थ्य व्यवसायी परिषद् गठन भएपछि २०६७ सला कात्तिक २२ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले त्रिविबाट माइक्रोबायोलोजी अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई मेडिकल माइक्रोबायोलोजीको कार्य मात्रै गर्न पाउने गरी दर्ता प्रक्रिया अघि बढाउन परिषद्लाई पत्राचार ग¥यो । त्रिविको विज्ञान तथा प्रविधि अध्ययन संस्थाने एमएसी माइक्रोवायोलोजी विषयमा उत्पादिन जनशक्तिलाई परिषद्को दर्ता प्रक्रिया अगाडी बढाइदिनु भनेर प्रयोगशालाले गरेको पत्राचारलाई परिषद्ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयालई नितिगत निर्णय गर्नु भनेर परिपत्र गर्यो।

स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले २०६७ साल माघ ३ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, नेपाल स्वस्थ्य व्यवसायी परिषद्सँग छलफल ग¥यो । मन्त्रालयले माघ २७ गते पुन परिषद्ले एमएससी मेडिकल माइक्रोवायोलोजी अध्ययन गरी परिषद्ले तोकेको न्यूनतम मापण्ड पुरा गरेका प्रयोगशालाबाट प्रयोगात्मक अभ्यास गरेकाहरुलाई परिषद्मा नाम दर्ता गर्न परिषदले गरेको सिफारिशलाई अनुमोदन गर्यो ।

त्यसपछि २०६८ सालमा १ सय २३ जनाले मेडिकल माइक्रोवायोलोजीमा अस्थायी लाइसेन्स पाए । त्यसयता त्रिवि अन्तगर्ततका १० वटा क्याम्पसहरुबाट वाषिर्क १ सय ५० जना विद्यार्थीहरु माइक्रोवायोलोजी अध्ययन पुरा गर्छन् । तर उनीहरुले परिषद्बाट लाइसेन्स पाएका छैनन् । हालसम्म २५ सय विद्यार्थीहरुले सो विषयमा अध्ययन पुरा गरीसकेको सङ्घर्ष समितीका अध्यक्ष धितालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *