बोन म्यारो पीडित सुरेश रोकालाई रोल्पा समाज जापानको सहयोग

काठमाडौ – रोल्पा जिल्ला परिवर्तन गाउँपालिका १ कुरेली बस्ने ओस बहादुर रोका र बिनि रोकाको १८ बर्षिय छोरा बोनम्यारो पीडित सुरेश रोकालाई उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

जापान स्थित रोल्पा समाज जापानका संयोजक प्रेम प्रकाश रोका मगरको पहलमा जापानमा रहेका रोल्पालीहरु बाट संकलित सहयोग रकम हस्तान्तरण गरिएको हो । रोल्पा समाजबाट संकलित एक लाख दुइ हजार रुपैयाँ बोन म्यारो पीडित सुरेश रोका मगरलाई एकाउन्न हजार  र अपांग बन्नुभएका प्यारा ओलम्पिक खेलाडी लोक बहादुर केसीलाई  एकाउन्न हजार हस्तान्तरण गरिएको हो ।

सहयोगी दाताहरुले नेपाल बाट संचालित सुरेस रोका बचाऔ अभियानका अध्यक्ष दिपक रोका मगर र सचिब जुना पुन मार्फत सहयोग गर्न आह्वान गरेका छन् ।

सुरेश रोका बचाउ अभियान अन्तर्गत यसअघि उर्जा मन्त्री माननीय श्री बर्षमान पुनबाट रु एकलाख र सम्माननिय उपराष्टपति श्री नन्द बहादुर पुन पासाङले पनि सहयोग गर्ने  प्रतिबद्धता गर्नु भएको छ ।
हाम्रो सानो सहयोगले कसैको ज्यान बच्न सक्छ त्यसैले पीडित सुरेश रोकालाई सहयोग गरि नया जीवन दिन चाहानु हुने सहयोगी मनका धनीहरुको लागि ग्लोबल आईएमई बैंक अनामनगर काठमाडौं मा रहेको खाता नम्बर ३९०७०१०००६१६३ मा सहयोग जम्मा गरिदिनु हुन सुरेश रोका बचाउ अभियान समितिले अनुरोध गरेको छ ।
सहयोगका साथै अन्य जानकारीको  लागि सम्पर्क –
अध्यक्ष :दिपक रोका मगर -९८६८२८२३८९
सचिव :जुना मगर -९८४३५५००९४
कोषाअध्यक्ष :अमर बहादुर बुदा मगर -९८०८६४९२८४ मा सम्पर्क गर्न सक्नु हुने छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *