मेलम्ची नगरपालिकाको वडा कार्यालयमा आगजनी

सिन्धुपाल्चोक :सिन्धुपाल्चोकको मेलम्ची  नगरपालिका– १० को वडा कार्यालयमा मंगलबार मध्येरातमा  आगजनी भएको छ। आगजनीबाट कार्यालयको सम्पूर्ण समान जलेर नष्ट भएको वडाअध्यक्ष  भक्तबहादुर खड्काले जानकारी दिए । वडा कार्यालयभित्र रहेका सम्पूर्ण कागजातहरु जलेर नष्ट भएको उनले बताए।
इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख महेन्द्र दर्नालले बताए। घटनाको प्रकृति हेर्दा विप्लवका कार्यकताले गरेको हुनसक्ने सम्भावना कम रहेको उनको आशंका छ। स्थानीयहरुले कुनै अन्य कारणवाट वा रिसइबी साध्न यस्तो गरेको हुनसक्ने सम्भावना रहेको दर्नालकोले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *