अब मन्त्रालयमा भनसुन र हवस्-हजुरी चल्दैन : योगेश भट्टराई

काठमाडौं – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  योगेश भट्टराईले मन्त्रालयमा आफूलाई आइस्यो गैस्यो भनेर सम्बोधन नगर्न आग्रह गर्नुभएको छ  । सिहंदरबारस्थित मन्त्रालयको कार्यकक्षमा कार्यभार सम्हाल्दै मन्त्री भट्टराइले भन्नुभयो,  ‘यहाँ मलाई आइस्यो गैस्यो नभन्नुहोला, आउनुस् जानुस् भन्नुहोला, सरल हुनुपर्छ ।’…

पर्यटनमन्त्रीमा योगेश भट्टराई नियुक्त

काठमाडौँ– नेपाल कम्युनष्टि पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने भएका छन् । ताप्लेजुङ्गबाट निर्वाचित भट्टराईको आजै ४ बजे सपथ ग्रहण कार्यक्रम राखिएको बुझिएको छ । गत २०७५ फागुन १५ गते तात्कालिन मन्त्री…

मेलम्ची नगरपालिकाको वडा कार्यालयमा आगजनी

सिन्धुपाल्चोक :सिन्धुपाल्चोकको मेलम्ची  नगरपालिका– १० को वडा कार्यालयमा मंगलबार मध्येरातमा  आगजनी भएको छ। आगजनीबाट कार्यालयको सम्पूर्ण समान जलेर नष्ट भएको वडाअध्यक्ष  भक्तबहादुर खड्काले जानकारी दिए । वडा कार्यालयभित्र रहेका सम्पूर्ण कागजातहरु जलेर नष्ट भएको उनले बताए। इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख…

ग्लाेबल टी २० क्रिकेट : सोमपाल आवद्ध हक्सद्वारा सन्दीप आवद्ध टोरन्टो तीन विकेटले पराजित

काठमाडौ – क्यानडामा जारी ग्लोबल टी २० क्रिकेट लिगमा सोमपाल कामी आवद्ध विनिपेग हक्सले सन्दीप लामिछाने आवद्ध टोरन्टो नेशनल्सलाई तीन विकेटले पराजित गरेको छ । क्यानडामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको टोरन्टोले २० ओभरमा सात विकेट गुमाउँदै २ सय १६…

हेग लगेर मलाई अन्तर्राष्ट्रिय हिरो बनाउँछन् जस्तो लाग्दैन : प्रचण्ड

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हेग(अन्तर्राष्ट्रिय अदालत) लगे आफू झन संसारमा परिचित हुने दाबी गरेका छन्। सोमबार बिहान निवास खुमलटारमा विप्लव समूह छाडेर नेकपामा प्रवेश गर्ने नेताहरुलाई स्वागत गर्ने क्रममा प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन्। ‘हेग लगेर…

बालुवाटार जग्गा प्रकरणमा मुछिएका पूर्वनासुद्वारा आत्महत्या

काठमाडौं – बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् । माछापोखरीको हिमालय सिटी सपिङ सेन्टरको ८ औं तलाबाट उनले हामफालेर आत्महत्या गरेका हुन् । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले श्रेष्ठ मृत भेटिएको…

स्कुल विभागमा सहमति नजुट्दा नेकपामा भाँडभैलो, फेरि सर्‍याे सचिवालय बैठक

काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक फेरि सरेको छ । दिउँसो ३ बजे बालुवाटारमा बस्नेगरि बोलाइएको बैठकमा पार्टी एकता र जिम्मेवारी बाँडफाँड लगायतका विषयमा छलफल हुने नेकपाले जनाएको थियो । तर स्कुल विभागको प्रमुख कसलाई बनाउने भन्नेबारे सहमति…

यस्तो छ अस्पतालमै आत्महत्या गरेकी डा. पायलले आमाबुवालाई लेखेको मार्मिक चिट्ठी

पायल तड्वी मुम्बईको बीवाईएल नायर अस्पतालमा जुनियर डाक्टर थिइन् । गाइनोकोलोजीमा एमडी गरिरहेकी थिइन् । आफ्ना तीन वरिष्ठ डाक्टरको उत्पीडन र जातीगत टिप्पणीका कारण तनावमा भएकी उनले २२ मे मा अस्पतालको कोठामा झुण्डिएर आत्महत्या गरेकी थिइन् । डाक्टर पायल तड्वीले…

बोनम्यारो पीडित सुरेश रोकाको उपचारका लागी ८ लाख सहयोग

काठमाडौ – रोल्पा जिल्ला परिवर्तन गाउँपालिका १ कुरेली बस्ने ओस बहादुर रोका र बिनि रोकाको १८ बर्षिय छोरा बोनम्यारो पीडित सुरेश रोकालाई उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । साउदी अरबमा कार्यरत सेर बहादुर रोका मगर को संयोजकत्वमा विभिन्न…

जापानमा शक्तिशाली भूकम्प

टोकियो – जापानको सबैभन्दा ठूलो र धेरै जनसंख्या भएको होन्सु टापुमा ६.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार आइतबार सबेरै भूकम्प गएको अमेरिकी जियोलोजिल सर्भेले जनाएको छ । भूकम्पको केन्द्रविन्दु होन्सु टापुभन्दा दक्षिणतर्फ ३७५.८ मिटरको गहिराइमा रहेको…