स्मिता दाहालको ‘जालैमा पार्छु’ सार्वजनिक

काठमाडौं– गायिका स्मिता दाहालको स्वर रहेको गीत ‘जालैमा पार्छु’ सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजनासहित गीत सार्वजनिक गरिएको हो ।

गीतमा स्मितालाई गायनमा आशिष अविरलले साथ दिएका छन् भने शब्द एकनारायण भण्डारीको रहेको र संगीत आशिषले नै दिएका छन् । गीतको भिडियो अभिनेत्री आँचल शर्मा र विजु पार्कीसँगै स्मिता दाहालको पनि अभिनय रहेको छ ।

कार्यक्रममा खानेपानी मन्त्री विना मगरले गीतको सफलताको लागि शुभकामना दिँदै  स्मिताको परिवारको सबै राजनीतिमै रहेको तर उनले छुटै बाटो रोजेको र निकै मेहनत गरिरहेकीले छिट्टै सफलता मिल्ने बताइन् ।

त्यस्तै कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले स्मिताले विस्तारै सफलता हाँसिल गर्दै गएको बताइन् । गायक रामकृष्ण ढकाल, जितु नेपाल लगायतले स्मिताल धेरै अगाडी बढ्ने विश्वास व्यक्त गरे ।सबैको माया र हौसला पाएकी स्मिताले आफु सिक्ने क्रममा रहेको बताइन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *