कर्णाली नदिमा जिप खस्यो, १६ जना बेपत्ता

सिमकोट – हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को बेडबिसौना र कैलेवालु सडकखण्डमा बोलेरो जीप दुर्घटना भएको छ।  मंगलबार जीप कर्णाली नदीमा बेपत्ता भएको याक्चु प्रहरीलाई उद्धृत गर्दै साहयक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए।

उनका अनुसार सिमकोटदेखि खार्पुनाथ गाउँपालिकाको केन्द्र याँचुतर्फ जाँदै गरेको जीप कर्णाली नदीमा खसेको हो। जीपमा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाहीसहित १६ जना सवार रहेको अनुमान गरिएको छ। जीपमा सवार सबैजना बेपत्ता भएका छन्। उद्धारकार्य जारी छ।

कर्णाली नदीमा खसेको गाडीमा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धुसहित आठजना रहेको अनुमान गरिएको छ। घटनास्थलमा रहेका पत्रकार राजन रावतका अनुसार उपाध्यक्ष शाही, चन्द्र हमाल, चालक मणि शाही, वसन्ती शाही, नन्ददेवी सिंह र ढुकु भण्डारी खार्पुनाथ गाउँपालिकाका हुन्। जीपमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन।

उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टर खटिएको छ। यो समाचार तयार पार्दासम्म जीप र यात्रु भेटिएका छैनन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *