काङ्ग्रेसले गल्ती गरेको माधव नेपालको टिप्पणी, देउवा भन्छन् जहाँपनि बिपक्षीले पहिले बोल्ने हो

काठमाडौं– सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीलाई सम्बोधन अवरोध गरेर प्रतिपक्षी दलले गलत काम गरेको टिप्पणी गरेका छन् । संघीय संसद भवनमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता नेपालले प्रमुख प्रतिपक्षी दलले गलत संसदीय नजिर बसाल्न खोजेको बताएका हुन् ।

प्रधानमन्त्रीले बोल्ने भनिसकेपछि संसदीय परम्परा अनुसार उनको कुरा सुन्नुपर्नेमा अवरोध श्रृजना गर्नु नाजायज भएको टिप्पणी उनले गरे ।  उनले भने, ‘प्रमुख प्रतिपक्षी दलको माग नाजायज थियो । प्रधानमनत्री बोल्ने भनिसकेपछि संसदीय परम्परा र संसदीय परिपाटी अनुसार प्रधानमन्त्रीले भनेको कुरा सुन्नुपर्छ ।

यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले भने संसदमा सधैं विपक्षीलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।  संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै देउवाले संसदमा बोल्न पहिलो प्राथमिकता प्रमुख प्रतिपक्षी दललाई दिनुपर्ने बताएका हुन् ।उनले प्रधानमन्त्रीले बोल्ने नभई जवाफ दिने हो भन्दै अन्तराष्ट्रिय अभ्यास पनि त्यस्तै भएको दाबी गरे ।

‘प्रधानमन्त्रीले बोल्ने होइन । जवाफ दिने हो । पहिले बोलिसकेपछि के बोल्ने मैले ? बोल्ने भए हिजो पनि बोल्थे नि, प्रधानमन्त्रीलाई सुनाउनु थियो आज । जहाँपनि विपक्षीले पहिले बोल्ने हो । जवाफ प्रधानमन्त्रीले दिने हो । सुरुमा कहाँ बोल्छन् ?’ देउवाको प्रश्न थियो ।

प्रधानमन्त्री भन्दा पहिला बोल्न पाउनुपर्ने माग गर्दै काँग्रेसले संसद अवरुद्ध पार्दा मंगलबारको बैठक स्थगित भएको थियो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *