थाकेनन ती हातहरु, ९० हप्तादेखी निरन्तर टोल सफाइमा संगम टोलवासी

काठमाडौ – गोर्कणेश्वर नगरपालिका वडा नं ८ स्थित नेपाल मेडिकल कलेज संगै एउटा टोल छ , टोलको नाम हो संगम टोल । जहाँ अधिकारी, शेर्पा, तामाङ, थापा, कोइराला , गुरुङ लगायत थरका मानिसहरुको वसोवास रहेकोे छ । उक्त टोलमा रहेको जातिय विविधता भित्रको अनुपम मेलले सिंगो नेपालको भावना समेटेको देखिन्छ। एक अर्का प्रतिको भाइचारा, विश्वास र एकताले अवको नेपाल पनि यस्तै हुनु पर्छ भन्ने भान पर्छ । एक अर्कालाई परेको विपत्ती, विकास अनि आपसी विश्वासमा टोलवासिहरु एक छन् । विश्व प्रसिद्ध सगरमाथा पर्वतारोही पेम्वा दोर्जी शेर्पा, प्रथम तामाङ महिला सगरमाथा आरोही कान्छी माया तामाङ लगायत पनि त्यहि टोल भित्रका परिवारका सदस्यका रूपमा रहेका छन् ।

ईष्टपोल मा. वि. का भाइस प्रिन्सिपल प्रकाश अधिकारीको पहलमा टोलको नामाकरण देखि एकता सम्मको पहल भएको देखिन्छ । अधिकारीको नेतृत्वमा संगम टोल सुधार समिति गठन गरि प्रत्येक घरका एक सदस्य प्रत्येक शनिवार विहान ७ वजे कुचो लिएर आफ्नो टोल सफा गर्न आह्वान गरी शुरु गरिएको अभियानले ९० औं हप्ता पुरा गरिसकेको छ ।

जस्तोसुकै अवस्थामा पनि अविचिलित ढंगवाट टोल सरसफाई अभियानलाई निरन्तरता दिइएको छ । फोहोर गरेर सफा गर्नु भन्दा फोहोर नै हुन नदिनु जाति हो तर पनि आपसी एकता र विश्वास लाई पनि मजवुत पार्नका लागि पनि यो अभियानलाई निरन्तरता दिएको अभियन्ता अधिकारी बताउँछन् । सफा मात्र नगरी , टोल लाई सुन्दर वनाउन टोल सुधार समिति निरन्तर खटेको देखिन्छ ।

हाम्रो अत्तरखेल राम्रो अत्तरखेल सरसफाई अभियान पनि सफलता पुर्वक संचालन गरेर सरसफाईको चेतना जगाएका अधिकारीले यो अभियान पनि नमूनाको रुपमा रुपान्तरण गरेको देखिन्छ । विपन्न, असहाय, सडक वालवालिकाको क्षेत्रमा समेत क्रियाशिल अधिकारीको यो अभियानमा समस्त टोलवासीको ऐक्यवद्धता देखिन्छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *