त्रिवि सेवा आयोगको मनोमानी विरुद्ध १६ दिनदेखि अनशनमा अखिल क्रान्तिकारी

काठमाडौ – नेकपा(क्रान्तिकारी माओबादी)निकट अखिल(क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका भ्रष्ट कर्मचारीलाई तत्काल बर्खास्त र अबैधानिक ढंगले प्रकाशित गरेकाे नतिजा खारेजि लगायतका माग राखी त्रिभुवन विश्वविद्यालयमा १६ दिनअघि देखि रिले अनसन बसिरहेको छ।

संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलकाे नेतृत्वमा पेशल दाहाल,शिलु न्याैपाने,सुर्य कार्की,महेस श्रेष्ठ,नेत्र शाही ,संघर्ष दाहाल,कुमार बर्तैला,जितेन्द्र लम्साल,सागर आचार्य,सुलभ बैध्य,बासु अधिकारी रमेश खनाल हेमराज शर्मा लगायतको टिम रिले अनसनमा सहभागी छन।

रिले अनसनलाई नेकपा (क्रान्तिकारी माओबादि)का महासचिव माेहन बैध्य किरण,देजमाे नेपालका अध्यक्ष सिपि गजुरेलले ऐक्यबद्धता जनाएका छन् ।

त्यस्तै प्रा.डा बिधानाथ काेइराला, प्रा.डा सुरेन्द्र केसि, प्रा.डा कृष्ण हाछेथु, नेपाल अभिभावक महासंघका केन्द्रीय संयाेजक सुप्रभात भण्डारी, अखिल(क्रान्तिकारी)का पुर्व अध्यक्ष लेखनाथ न्याैपाने, पुर्व बिधार्थी नेता जागृत रायमाझी, नेविसंघका पुर्व उपाध्यक्ष रिसिकेसजंग शाह, नयाँ शक्तिका उपाध्यक्ष बिबेक वलि,अखिल क्रान्तिकारी का अध्यक्ष अालाेक रायमाझी ,अखिल नेपाल बिधार्थी युनियनका प्रमुख प्रबिण मिश्र लगायतले पनि ऐक्यबद्धता जनाएको अखिल क्रान्तिकारीका महासचिव पेशल दाहालले ग्लोबल खबरलाई जानकारी दिए । आफुहरुको माग एकदमै जायज र जनहितको पक्षमा रहेकाले माग पूरा नहुन्जेल सम्म अनसन जारि रहने महासचिव दाहालले बताए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *