ड्राइभरले युवतीलाई निर्मम कुटपिट गरे

काठमाडौँ– शुक्रबार दिउसो महेन्द्रनगरमा सवारी चालकले बिच सडकमै युवतीमाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । से १ ज १०९४ नम्बरको वीङ्गर गाडीका चालक गोकुल बोहोराले ट्राफिक चोकमा युवतीमाथि दुर्व्यवहार गर्दै कुटपिट गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मोहनजंग बुढाथापाले चालक बोहराले गाडी भाडाको विषयमा भएको विवादका क्रममा अपशब्द प्रयोग गरी दुव्र्यवहार गर्दै लक्ष्मी धनाडीलाई कुटपिट गरेपछि नियन्त्रणमा लिईएको जानकारी दिए ।

धनगढीदेखि महेन्द्रनगरको एक सय ४० रुपैया भाडा भएपनि चालकले दुई सय मागेको तर युवतीले दिन नमानेपछि गालीगलौज गर्दै कुटपिट गरेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *