मिडिया काउन्सिल विधेयकको बिरोधमा देशभर पत्रकारहरु आन्दोलित

काठमाडौ – सरकारले आचार संहिता विपरितको समाचार प्रकाशन गरे २५ हजारदेखि १० लाखसम्म जरिवाना गर्ने व्यवस्थासहितको मिडिया काउन्सिल बिधेयक संसदमा दर्ता गरेपछि देेेभरिका पत्रकारहरुले आन्दोलन सुरु गरेका छन् ।

उनीहरुले सो विधेयक अभिलम्ब फिर्ता गर्न भन्दै संविधानले दिएको प्रेस स्वतन्त्रता कार्यान्वयनको माग गरेर धर्ना बसे । पत्रकारहरुले मिडिया काउन्सिल विधेयक खारेज गर, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर, प्रेस स्वतन्त्रता जिन्दावाद लेखिएका प्लेकार्ड बोेकेर कालो पट्टी बाँधेर विभिन्न जिल्ला जिल्लामा आन्दोलन सुरु गरेका छन् ।

यसैबीच बानेश्वरस्थित संसद कार्यालय अघिको धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चायले पत्रकारहरु, मानव अधिकारकर्मीहरु सितिमिति सडकमा नआउने बताउँदै अत्यन्तै पीडित भएको अवस्थामा मात्रै सडकमा आउने बताए ।

उनले सडकको आवाज लोकतन्त्रको र मौलिक अधिकारको आवाज रहेको बताउँदै यो आवाजको सुनुवाई नभएसम्म आन्दोलन नरोकिने बताए । उनले पत्रकार महासंघले नागरिक समाज, मानव अधिकारकर्मीको साथ पाएको बताउदै उठाएको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उल्लेख गरे ।

धर्ना कार्यक्रममा नागरिक समाज, मानवअधिकारकर्मीहरुले प्रेस स्वतन्त्रता र मानव अधिकार रक्षाको माग गर्दै आफ्ना धारणा राखेका थिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *