तरकारीको मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च विन्दुमा

काठमाडौ – दैनिकमा भान्सामा प्रयोग हुने खाद्यान्न तथा तरकारीको मूल्य आकासिएको छ । बजारभाउ अनुगमन तथा नियमन गर्ने आपूर्ति विभागका अनुसार तरकारीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

‘तराई क्षेत्रमा भएको हावाहुरीले तरकारीमा केही असर पुगेकै हो तर भारतबाट पर्याप्त भित्रिएको छ ,’ विभागका महानिर्देशक योगेन्द्र गौचनले भने,‘मूल्य हालसम्मको उच्च हुनु रहस्यमय छ । मूल्य विश्लेषण गरेका छौँ । जुनसुकै बेला छापा मारेर कारबाही हुन्छ ।’

विभागका अनुसार सबैभन्दा बढी गोलभेडाको भाउ बढेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याकंले पनि एक महिनाकै अवधिमा गोलभेडाको मूल्य दोब्बरले बढेको देखाउँछ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *