तनहुमा अस्पतालबाटै बिरामी बेपत्ता

दमौली – उपचारका क्रममा अस्पतालबाटै एक वृद्ध बेपत्ता भएका छन्।  विशेष आवासीय उपचार केन्द्रमा उपचारत लामो समयदेखिका क्षयरोगका बिरामी भानु नगरपालिका–१० दुधेकुनाका ५६ वर्षीया बद्रीबहादुर गुइँदेल वैशाख १९ गतेदेखि बेपत्ता छन्।

अस्पताल नजिकै लौरी र टोपी छाडेका गुइँदेल सम्पर्कमा नआएपछि प्रहरीले विशेष तालिमप्राप्त कुकुर र जनशक्तिका साथमा खोजी गरिरहेको छ।

उनले छाडेका सामान नजिकैको भिरमा समेत सशस्त्र प्रहरी बलको मनकामना गण र विपद् व्यवस्थापन तालिम केन्द्रका सशस्त्र प्रहरीले समेत विशेष खोजी अभियान सञ्चालन गरेका थिए। तर टोलीले नजिकैको भिरमा उनको कुनै पनि संकेत प्राप्त नगरेको तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले बताए।

‘आशंका गरेको क्षेत्रमा कुनै संकेत भेटिएन,’ उनले भने,‘फरक क्षेत्रमा पनि खोजी जारी छ।’ प्रहरीलाई स्थानीय र बन्दीपुर गाउँपालिकाले पनि गुइँदेलको खोजी अभियानमा सघाइरहेको छ। तर हालसम्म कुनै संकेत नभेटिएकाले खोजी टोली निराश छ।

कुकुरले पनि फेला पार्न सकेन
पछिल्लो समय स्थानीयले गुइँदेललाई देखेको भनेका क्षेत्रमा कुकुरले केही दूरीसम्म पछ्याए पनि थप संकेत भेट्न सकेको छैन।  गुइँदेल निःशुल्क आवासीय सेवाअन्र्तगत बन्दीपुर अस्पतालमा रहेको क्षयरोग उपचार केन्द्रमा ११ महिनादेखि उपचाररत थिए।

सुरक्षा गार्डसमेतको निगरानी रहने केन्द्रमा बिहान बेलुका सुरक्षा निगरानी केही कमजोर भएका बेला उनी निस्किएको ठानिएको छ। सरकारले गत वर्षबाट क्षयरोगका बिरामीलाई विशेष सुविधा दिएर उपचार केन्द्रमा राख्दै आएको छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *