एकताको अन्तिम तयारीका लागि बालुवाटारमा नेकपाको सचिवालय बैठक

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। पार्टी एकताको विषयमा टुंगो लगाउनेगरी सचिवालय बैठक बसेको हो।

आइतबार बिहान चार नेताले गरेको गृहकार्यपछि एकताको विषय टुंगो लगाउने गरी बैठक सुरु भएको हो। बैठकले जिल्ला कमिटी, पोलिटब्युरो गठन, जनसंगठन एकता र उपत्याकामा बन्ने प्रदेश कमिटीको चयनको निर्णय गर्नेछ।

बैठकले एकताको सम्पूर्ण प्रक्रिया पूरा गरेर सोमबार पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा घोषणा गर्ने तयारी गरेको छ।

पार्टी स्थापना दिवसको अवसरमा सोमबार नेकपाले नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रम गर्दैछ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *