कोरिएन गायिकाहरूको ‘किल दिस लभ’ ले तोड्यो ‘गङनम स्टाइल’ को रेकर्ड

सउल – दक्षिण कोरियाका गायिकाहरूको सांगीतिक समूह ‘ब्ल्याकपिंक’को नयाँ गीत ‘किल दिस लभ’ले युट्युबमा अर्का कोरियन गायक पिएसवाईको विश्वचर्चित गीत ‘गङनम स्टाइल’को कीर्तिमानलाई भंग गरेको छ।

पिएसवाईको सो गीत सन् २०१२ मा रिलिज भएको थियो।

‘किल दिस लभ’ले ३ दिनमा सो रेकर्ड भंग गरेको युट्युबले पुष्टि गरेको छ। यस गीतले सर्वाधिक छिटो सय मिलियन भ्यूज कटाउने गीतको कीर्तिमान बनाएको हो।

अप्रिल ४ मा रिलिज भएको गीतलाई हालसम्म १४४ मिलियन पटक हेरिसकिएको छ।

गीतले रिलिज भएको २४ घण्टामा ५६.७ मिलियन पटक हेरिएको उसले जनाएको छ। यस गीतले अमेरिकी गायिका इरियाना ग्रान्डेको ‘थ्याङ्क यू, नेक्स्ट’ गीत को पनि रेकर्ड भंग गरेको उसले जनाएको छ।

यस गीतले अमेरिकी आईट्यूनस डाउनलोडको १ नम्बरमा पर्ने महिला ब्यान्डसमेत बनेको छ। बितेका १५ वर्षमा नम्बर १ मा पुग्ने पहिलो  महिलामात्रको सांगीतिक समूह हो।

यो सांगीतिक समूह सन् २०१६ मा स्थापित भएको हो। यसमा जिसो, जेनी, रोज र लिसा गरी चार सदस्य रहेका छन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *