लिबर्टी स्कुलको अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम भब्य रूपमा सम्पन्न

काठमाडौ – काठमाडौंको गोकर्णेश्वर स्थित लिबर्टी स्कुलले ७ औ अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम भब्य रूपमा सम्पन्न गरेको छ ।

काठमाडौको अत्तरखेल स्थित गोकर्ण ब्याङ्क्वेट मा चैत २३ गते सम्पन्न कार्यक्रम बिद्यालयका प्रधानाध्यापक ओम प्रसाद ढकालको अध्यक्षतथा तथा प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्य तथा नेकपा प्रदेश नम्बर ३ का प्रमुख सचेतक रामेश्वर फुयालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, प्याब्सन महासचिव कुमार घिमिरे विशेष अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो । प्याब्सन काठमाडौका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, निशानका पदाधिकारीहरु, शिक्षाविद तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरुको उल्लेख्य सहभागिता थियो ।

कार्यक्रममा बर्षभरी भएका शैक्षिक गतिविधि तथा अतितिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाइ प्रमुख अतिथि विशेष अतिथि हरुले पुरस्कार वितरण गरेका थिए साथै विद्यार्थीहरुले विभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रमका केहि तस्बिरहरू

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *