पोर्तुगलमा नेपाली युवकको निधन

लिस्बन – पोर्तुगलमा  एक नेपाली युवकको  निधन भएको छ । ब्रेन ट्युमरपीडित  हेम्जा पोखराका हरीबहादुर कुँवरको पोर्तुगलमा मृत्‍यु भएको हो । साओ जोजे अस्पतालमा उपचारको क्रममा उनको फेब्रुअरी २२ तारिखका दिन मृत्‍यु भएको हो ।

विगत ७ वर्षदेखि पोर्तुगल बस्दै आएका कुवँर २९ बर्षका थिए  । मृतक शरीर  अन्तिम संस्कारमा सहयोग गर्ने एजेन्सीमा राखिएको छ । उनको दाह संस्कार पोर्तुगलमै गर्ने या नेपाल पठाउने भन्नेबारेमा छलफल भैरहेको छ । मृतकका आफन्तहरु पनि लिस्बनमा आइसकेका छन् ।

पोर्तुगलमा नेपालीहरुको विगत २०१० यता २२ नेपालीहरुको निधन भएको छ ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *